सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • पीडित किसानलाई ५ अर्ब रुपैयाँ राहत दिने सरकारको निर्णय
समाचार

पीडित किसानलाई ५ अर्ब रुपैयाँ राहत दिने सरकारको निर्णय

बाढीबाट धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । १० कट्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको हिसाबमा राहत दिने सरकारले निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साना किसानलाई प्रतिकठ्ठा एकहजार ९२१ रुपैयाँ र प्रतिविघा ३८ हजार ४२० रुपियाँ राहत दिने निर्णय भएको छ ।

 

विज्ञापन

११ कठ्ठादेखि ४० कठ्ठासम्म भएका मझौला किसानलाई उत्पादन लागतको हिसाबले ३० प्रतिशत राहतको व्यवस्था गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । ती किसानलाई प्रतिकठ्ठा ८८७ र प्रतिविघा १७ हजार ७४० रुपैयाँसम्म राहत स्वरुप नगद दिने निर्णय बैठकले गरेको हो ।

विज्ञापन

 

४० कठ्ठाभन्दा बढी जमिन हुने किसानलाई प्रतिकठ्ठा ५९१ रुपैयाँ तथा प्रतिविघा ११ हजार ८२० रुपैयाँका दरले राहत उपलव्ध गराउने निर्णय बैठकले गरेको छ । ठूला किसानका साथै सबै वर्गका किसानलाई भने उत्पादन लागतको २० प्रतिशतका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । कृषि मन्त्रालयकाअनुसार सबै वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत दिने निर्णय गरिएको छ ।

सरकारले एक लाख ११ हजार हेक्टरका लागि पाँच अर्ब ५२ करोड रुपैयाँ राहत वितरण गर्ने भएको मन्त्रालयले जनाएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस