मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • माओवादी हारेर आत्मसमर्पण गरेको होइन, अन्य राजनीतिक दलहरु माओवादीको एजेण्डामा आएका हुन् : प्रचण्ड
समाचार

माओवादी हारेर आत्मसमर्पण गरेको होइन, अन्य राजनीतिक दलहरु माओवादीको एजेण्डामा आएका हुन् : प्रचण्ड

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरको लागि र जनताको हितको लागि शान्ति प्रक्रियामा आएको बताएका छन् ।

विज्ञापन

 

विज्ञापन

सोमबार काठमाडौंमा नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेको पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया नेपाल टाइटज’को विमोचन कार्यक्रममा प्रचण्डले माओवादी हारेर आत्मसमर्पण गरेको नभएर अन्य राजनीतिक दलहरु माओवादीको एजेण्डामा आएको बताएका छन् ।

 

गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता केहीलाई मन नपरेको भन्दै उनले माओवादीले ल्याएको परिवर्तनप्रति केहीको रिस देखिएको जिकिर गरे । नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र त्यसलाई चाहिने जति ‘रिक्गनाइज’ गर्न विश्वका शक्ति राष्ट्रहरुले कन्जुस्याइँ गरेको उनले बताए ।

 

 

त्यस्तै उनले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताए । भारतीय पक्षले बुद्ध नेपालमा जन्मेका हुन् भन्दा र नेपाली पक्षले बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेका हुन् भन्दा खुसी हुनुपर्ने उनले बताए ।

 

नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले पुस्तकमा नेपाल र भारतको बीचमा रहेको विशेष सम्बन्धको बिषयमा उल्लेख गरिएको बताए । २०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समयमा राजदूत रहेका रेले पुस्तकमा नेपाल–भारत सम्बन्धका विभिन्न आयामका बारेमा उल्लेख गरिएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस