मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • पार्टीमा सहमति गरौं, चुनाव हारेकाले जितेकालाई काम गर्न दिनुपर्छ, झगडा गर्नुहुँदैन : देउवा
समाचार

पार्टीमा सहमति गरौं, चुनाव हारेकाले जितेकालाई काम गर्न दिनुपर्छ, झगडा गर्नुहुँदैन : देउवा

काठमाडौं । 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी महाधिवेशन २–४ दिन अघिपछि भए पनि गराएरै छाड्ने स्पष्ट पारेका छन् ।

विज्ञापन

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आईतबार आयोजित कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री देउवाले महाधिवेशन पर सार्ने पक्षमा आफू नरहेको स्पष्ट पारे ।

विज्ञापन

सभापति देउवाले भने, ‘महाधिवेशन तोकिएकै मितिमा गर्ने हो, २–४ दिन यताउता भएर केही फरक पर्दैन ।’ देउवाले पार्टीको आन्तरिक अधिवेशन हार्दिकताका साथ सम्पन्न गर्न पनि निर्देशन दिए ।

उनले भने, ‘पार्टीभित्र सकभर सहमति गरौं, सहमति नभए लोकतान्त्रिक अभ्यास गरौं । चुनाव हारेकाले जितेकालाई काम गर्न दिनुपर्छ, झगडा गर्नुहुँदैन ।’

सरकारले बाढीपहिरो र डुबानबाट प्रभावित भएकालाई उचित राहत र सहयोग उपलब्ध गराउने बताउँदै प्रधानमन्त्री देउवाले मृतकका परिवारलाई २ लाख उपलब्ध गराइने बताएका छन् ।

देउवाले भने, ‘विपद्मा परेका जनतालाई सरकारले हेर्छ, त्यसैले म आएको हुँ ।’ प्रधानमन्त्री देउवाले आईतबारै प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस