मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • मेराे खेदाे खनेर संघीयता उल्टाउन खाेजिँदैछ : प्रचण्ड
समाचार

मेराे खेदाे खनेर संघीयता उल्टाउन खाेजिँदैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भइरहेकाे बताएका छन् ।

आज काठमाडौंमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले आफूलाई नै खेदाे खनेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भइरहेकाे बताएका हुन् ।

विज्ञापन

प्रचण्डले जातीय विभेदका लागि भएका विद्रोहलाई समेत बदनाम गराउन खोजिएको बताए । दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफूले अनेक आरोप खेप्नुपरेको उनको भनाइ छ ।

विज्ञापन

प्रचण्डले जातीय विभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै दलितसँग प्रेम गरेको आरोपमा मारिनुपर्ने घटना दुर्भाग्यपूर्ण रहेको धारणा राखे ।

संघीय लोकतन्त्रिक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मूलधार भनिने पार्टीहरुले अझैपनि पुरातन सोचमा नै रहेको उनको तर्क छ ।कार्यक्रममा ‘ज्योति स्पर्श र रातो बारुद’ पुस्तक लोकार्पण गरिएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस