सोमवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाचार
  • १९ वर्षीया झरना चौधरी बनिन् एमालेको वडा सचिव
समाचार

१९ वर्षीया झरना चौधरी बनिन् एमालेको वडा सचिव

Renu Dahal

नेकपा एमालेको वडा अधिवेशनअन्तर्गत रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा १९ वर्षीया युवती वडा सचिव बन्न सफल भएकी छन्।

एमालेका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ एमाले वडा कमिटीको सचिव पदमा १९ वर्षीया झरना चौधरी सर्वसम्मत चयन भएकी हुन्।

विज्ञापन

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाकाे वडा नम्बर १ मा पनि २६ वर्षीय सुरज कलवार एमाले वडा कमिटीको अध्यक्ष निर्वाचित भएका छन्।

विज्ञापन

रुपन्देहीका धेरै वडामा युवा नेतृत्वमा आएको नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताएका छन्।

सुरज र झरनाजस्तै धेरै युवा एमालेको वडा नेतृत्वमा आएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।

नेकपा एमालेले आफ्नो दसौं महाधिवेशनअन्तर्गत शनिबार देशभर एकसाथ वडाहरूको अधिवेशन गरेको छ।

तर बेमौसमी वर्षापछिको बाढी, पहिरोका कारण देशका सबै वडामा अधिवेशन गर्न नसकिएको एमालेले जनाएको छ।

एमालेका अनुसार शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस