बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • रावलले काम गर्न नसकेर राजीनामा दिएका हुन्, १० भाइ, १२ भाइ केही होइन : केपी ओली
समाचार

रावलले काम गर्न नसकेर राजीनामा दिएका हुन्, १० भाइ, १२ भाइ केही होइन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एक ढिक्का रहेको र १० बुँदे कार्यान्वयन भइसकेको दाबी गरेका छन् । शनिबार एमालेको वडा अधिवेशन उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले विवाद समाधान कार्यदलबाट भीम रावलले राजीनामा दिनुलाई सामान्य रुपमा लिएको बताए ।

 

विज्ञापन

१० बुँदे कार्यान्वयनप्रति नेताहरुको असन्तुष्टिप्रति लक्षित गर्दै ओलीले भने, ‘१० भाइ, १२ भाइ केही पनि होइन । पार्टी एक ढिक्का छ । १० बुँदे कार्यान्वयन भइसकेको छ ।’

विज्ञापन

रावलले काम गर्न सकिनँ भन्दै राजीनामा दिएको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘उहाँले राजीनामा केबाट गर्नुभयो ? कार्यदलको सहजीकरणका लागि उहाँ संयोजक हुनुहुन्थ्यो । मैले संयोजन गर्न सकिनँ भन्नुभयो, छाड्नुभयाे, यो कुनै ठूलो कुरा होइन ।’

एमाले विभाजनको सँघारमा पुगेका बेला १० बुँदे सहमति भएपछि माधव नेपालको पक्षमा रहेका भीम रावलसहित १० नेता एमालेमै रहेका थिए । एमाले विभाजनमा माधव नेपाललाई साथ नदिए पनि उनीहरुको माग अझै कार्यान्वयन भएको छैन ।

 

अध्यक्ष ओलीले माधव नेपाललाई पार्टी फुटबाट रोक्न मात्रै १० बुँदे सम्झौता गरिएको, उनले पार्टी विभाजन गरेपछि १० बुँदे सहमतिको औचित्य नरहेको बताउँदै आएका छन् । नेपालले पार्टी विभाजन गरेपछि ओलीले रावललाई नै १० बुँदे सहमति कार्यान्वयनको संयोजक तोकेका थिए ।

ओलीको कार्यशैलीप्रति शुक्रबार स्थायी कमिटी बैठकमा ५ बुँदे फरक प्रस्ताव पेस गर्दै संयोजक रावलले राजीनामा दिएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस