बिहिबार, साउन १५, २०८२
  • होमपेज
  • समाचार
  • एक्लै हिँड्ने ओलीको प्रयास नै एमाले फुटको कारण भयो : मन्त्री झाँक्री
समाचार

एक्लै हिँड्ने ओलीको प्रयास नै एमाले फुटको कारण भयो : मन्त्री झाँक्री

पाल्पा। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक्लै हिँड्ने थालेपछि एमालेमा विद्रोह शुरु भएको बताएकी छन्। सोमबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले एक्लै हिँड्ने ओलीको प्रयास नै एमाले फुटको कारण भएको बताइन्।

‘नयाँ संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक, सामाजिक रूपान्तरण गर्ने मौका उहाँमा थियो। त्यो मौकामा आफ्नै बहुमतको सरकार थियो,’ उनले भनिन्, ‘सामान्य समन्वय नगरेर एक्लै हिँड्ने जुन प्रयास गर्नुभयो, र सुशासन होइन, कुशासन दिने जुन प्रयास गर्नुभयो त्यसैबाट विद्रोह र भत्किने प्रक्रिया शुरु भएको हो।’

विज्ञापन

आफूहरू अलग पार्टीमा बस्ने अवस्थाको कारक केपी ओली रहेको झाँक्रीको भनाइ थियो। ओलीतर्फ इंकित गर्दै उनले अगाडि भनिन्, ‘उहाँले पार्टीलाई सही ढंगले चलाउनुभएन। राज्यसत्ता सही ढंगले चलाउनुभएन। जवाफदेहीता दिनुभएन। हावाका गफ गर्नुभयो।’ अहिलेको परिस्थिति निर्माणको सह-उत्पादक नै केपी ओली रहेको उनको आरोप छ।

विज्ञापन

उनले जनताको पक्षमा काम गर्ने मौका ओलीले जस्तो अवसर कसैले नपाएको पनि बताइन्। झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचार र कुशासनविरुद्ध काम गर्ने बताइन्। उनले भनिन्, ‘विगतमा पनि भ्रष्ट्राचार र गलत शासनका विरुद्ध लड्दै आएकाले सरकारले जवाफदेहीता, पारदर्शिता र भ्रष्ट्राचार विरुद्धको शून्य सहनशीलतालाई प्राथमिकतामा राखेर काम गर्छु।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस