मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • नारायणीमा माछा मा’र्न गएर फसेका १५ जनालाई सेनाद्वारा उद्धार
समाचार

नारायणीमा माछा मा’र्न गएर फसेका १५ जनालाई सेनाद्वारा उद्धार

चितवन । श्री नं. २ विपद् व्यवस्थापन गण चितवनको उद्धार गुल्मले भरतपुर १६ बाट नारायणी नदीमा फसेका १५ जना स्थानीयको सकुशल उद्धार गरेको छ ।

विज्ञापन

भरतपुर १६ कोलाघाटबाट सिद्धगणेश सामुदायिक वनको नदी टापुमा माछा मा’र्न गएका उनीहरु नारायणी नदी बढ्न गई अड्किएपछि उद्धार गरिएको सेनाले जनाएको छ ।

विज्ञापन

चितवनमा निरन्तर वर्षा, नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनको आग्रह

 

चितवनमा निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्धारा जारी विज्ञप्तीमा नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘जल तथा मौषम विज्ञान विभागका अनुसार आगामी एक/दुई दिन अझैसम्म पनि पानी परिरहन सक्ने देखिएकाले नारायणी तथा राप्ती जस्ता ठूला नदी र अन्य स–साना खोलाहरुमा पानीको सतह बढ्न गई नदी/खोला आसपासका क्षेत्र प्रभावित हुन सक्ने तथा विभिन्न स्थानहरुमा पहिलो जान सक्ने आशंका हुँदा नदी कटान, डुबान, बाढी र पहिरोको उच्च जोखिम रहेका त्यस्ता स्थान÷बस्तीहरुमा उच्च आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दछौँ ।’

 

 

चितवनमा नारायणी र नदीको बाढीले ठूलो क्षति पुग्ने गरेको छ । नारायणी नदीको बाढीबाट धेरैजसो भरतपुर महानगरपालिका–२६, २७ वडाका बासिन्दा बढी प्रभावित हुने गरेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस