शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाचार
  • चितवन प्रशासनले भन्यो : कोरोनाको नाममा जथाभावी पैसा संकलन गर्न बन्द गर्नुहोस्
समाचार

चितवन प्रशासनले भन्यो : कोरोनाको नाममा जथाभावी पैसा संकलन गर्न बन्द गर्नुहोस्

Renu Dahal

चितवन।जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरसका नाममा जथाभावी रकम संकलन नगर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्रशासनले एकद्धार प्रणाली अन्तरगत रहेर मात्रै आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।

कोरोनाको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न संघसंस्थाहरुले आफूखुशी कोषहरु स्थापना गर्न खोजेको भन्दै त्यसो नगरी एकद्धार प्रणालीमा रहेर सहयोग गर्न आग्रह गरेको हो ।

विज्ञापन

प्रशासकीय अधिकृत खेमराज पौडेलद्धारा जारी सूचनामा भनिएको छ–‘कोभिड–१९ को रोकथाम एवं नियन्त्रणका लागि कसैले स्वेच्छिक रुपमा रकम गर्न चाहेमा एकद्धार प्रणाली अन्तरगत रही राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं.१९६०००००११०१ मा रकम जम्मा गरिदिनु हुन सबैमा अनुरोध छ ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस