आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • राशिफल : २०७८ वैशाख १७ गते शुक्रवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
पत्रपत्रिका

राशिफल : २०७८ वैशाख १७ गते शुक्रवार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख १७ गते शुक्रवार तदनुसार ई. सं. २०२१ अप्रिल ३० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चौलागा),   काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:३६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३२ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे, वैशाख कृष्णपक्षको चतुर्थी तिथि, मध्यरात्रीपछि १२:३३ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, ज्येष्ठा नक्षत्र, साँझ ०५:१० बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, साँझ ०५:१० बजेसम्म, त्यसपछि धनु राशिमा, परिघ योग, दिउँसो १२:५० बजेसम्म, त्यसपछि शिव योग, बब करण, दिउँसो ०१:४१ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : चर, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम, कालराहु : आग्नेय, नक्षत्रशूल : पूर्व, आज : श्री संकष्टी गणेश चतुर्थी व्रत, (चन्द्रोदय राती १०।२७ बजे), साँखु यात्रा (सकोयात), आजको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन),

आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १८ गते : श्री कच्छपावतार, विश्व मजदूर दिवस, मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), १९ गते : त्रिपुष्कर योग राती ०८।३५ बजेपछि, भद्रा करण राती ०८।३५ बजेपछि, मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), २० गते : अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस, भद्रा करण बिहान ०७।४९ बजेसम्म,

विज्ञापन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सचेत रहनु पर्छ । बाटो काट्दा वा सवारी साधनमा यात्रा गर्दा होस गरको जाति हुन्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुने देखिन्छ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । कडा परिश्रमका बलमा बेलुकीसम्ममा राम्रो परिणाम हात पर्ने सम्भावना छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

विज्ञापन

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहने छ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अश्विनीकुमाराभ्यां नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलतः बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन बेर लाउँदैन, तर आँफू चुप लागेर बस्नु नै जायज हुनेछ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : हलुका नीलो वा आकाशे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । परिवारका सदस्यहरूमा खुसी हुनेछ । दिन ढल्दै जाँदा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ । पठनपाठनमा मन जानेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चन्द्रमा राशिमा रहेकाले मनमा उमङ्ग रहने दिन छ । तर पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । आर्थिक पक्ष सबल छैन, कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ । बन्दव्यापारबाट बेफाइदा हुँदैन । गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । नातागोताभित्रका सदस्यहरूको समस्यामा रुमल्लिनु पर्ने समय छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अनन्ताय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिन सक्छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ त्र्यम्बकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइनेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । चिन्तनमूलक काममा सफलता प्राप्त हुनेछ । प्रेम र प्रणयतर्फ सफल हुनुहुन्न । कडा मिहिनेत र परिश्रमपछि सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुनेछ । आफ्नै प्रतिज्ञा वा बाचा पूरा गर्न दौडधूप गर्नुपर्छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विष्णवे नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस