बुधबार, भदौ १७, २०८२
  • होमपेज
  • विशेष
  • अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सातौं राष्ट्रिय सम्मेलन र महिला आन्दोलनको नयाँ यात्रा
विशेष

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सातौं राष्ट्रिय सम्मेलन र महिला आन्दोलनको नयाँ यात्रा

–अम्बिका लामिछाने

भरतपुर, भदाैँ १७ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी नेपाली महिला आन्दोलनको सङ्गठित इतिहाससँग जोडिएको संस्था हो। नेपालमा महिला अधिकारका लागि लामो समयदेखि विभेदकारी संरचना विरुद्ध सङ्घर्ष  वा आन्दाेलन हुँदै आएको  छ। महिलालाई दोस्रो दर्जाको नागरिकदेखि भोट हाल्न समेत बञ्चित बनाएका इतिहास छन्।

विज्ञापन

२००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि महिलाले समाजमा आफ्नो कर्तव्य खोज्ने प्रारम्भ गरे। भने २०१० सालमा अखिल नेपाल महिला सङ्घ स्थापना भयो। जसले महिलालाई राजनीति, सामाजिक र आर्थिक रुपमा अगाडि बढाउन सुरुवात गर्यो । सामाजिक राजनीतिक आर्थिक रूपमा उत्तारचढाव र आन्दोलनका विभिन्न चरणहरूमा क्रान्तिकारी बाटो समाउँदै महिलाको अधिकारलाई राष्ट्र निर्माणसम्म गाँस्ने काम गर्यो।

विज्ञापन

२०५२ सालदेखि सुरु भएको जनयुद्धमा महिलाको ऐतिहासिक योगदान छ। बालबच्चा पिठ्युमा सम्हाल्दै शोषण दमन विरुद्धका हर आन्दोलनमा ४० प्रतिशत महिला लडाकु प्रत्यक्ष युद्धको मोर्चामा सहभागी भए। सँगसँगै राजनीतिक र साङ्गठनिक काम बालविवाह दाइजो प्रथा छाउपडी जस्ता कुप्रथा विरुद्ध अभियान साथै छुवाछुत विरुद्ध अभियान व्यवहारमा नै धेरै अन्तरजातीय विवाह पनि सम्पन्न भए हर आन्दोलनको अग्रपङ्क्तिमा रहँदै नेतृत्व विकासमा ठूलो फड्को मार्ने काम भयो। परम्परागत सोचलाई भत्काउँदै महिलाको घरेलु हिंसा लैङ्गिक हिंसालाई समाज घर परिवारमा गर्न नहुने र यस्तालाई कडा कारबाही गर्ने दृष्टिकोण निर्माण भयो।

साथै नेपालको संविधानमा समान अधिकार र सहभागिता हुनुपर्ने मागको आधार तयार भयो। हामी महिला हक अधिकारको पक्षमा लागिरहँदा संविधान २०७२ मार्फत महिलालाई पैत्रिक सम्पत्तिमा समान अधिकार सबै राज्य संयन्त्रमा ३३ प्रतिशत अनिवार्यता सहभागिता स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिलाको उपस्थिति महिला हिंसा विरोधी कानुनी संरचना घरेलु हिंसा ऐन छाउपडी प्रथा अन्त्य गर्ने निर्णय यी उपलब्धि निरन्तर सङ्घर्ष ठूलो आन्दोलन र बलिदानीले ल्याउन सफल भयो। तर त्यसलाई कतिपय कुरा व्यवहारमा नआएकोले अब आउने दिनमा हामी महिला दिदीबहिनीले आफैबाट सुरु गर्नुपर्छ।

जस्तै पैतृक सम्पत्तिमा समान अधिकार। सातौँ राष्ट्रिय सम्मेलन २०८२ भदौ १८, १९ र २० गते काठमाडौँमा आयोजना हुँदैछ। जसको मुख्य नारा “समानताका लागि संविधान कार्यान्वयन र समाजवादी आन्दोलन, महिला हिंसा विरुद्ध समृद्धि र सुशासनको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन”। धेरै आन्दोलनहरू पार गर्दै राणाशासन प्रजातन्त्र लोकतन्त्र गणतन्त्रसम्म आइपुग्दा थुप्रै आन्दोलनहरूका सकारात्मक उपलब्धिहरूलाई आत्मसाथ गर्दै अब गर्ने कार्यभार हाम्रो काँधमा आएको छ। यो सम्मेलनले संविधानले दिएको समान हक अधिकारलाई व्यवहारमा उतार्ने रणनीति तय गर्नुपर्दछ। महिला हिंसा शोषण भेदभाव र लैङ्गिक असमानता विरुद्ध ठोस आन्दोलन गर्नुपर्छ एवं महिला आन्दोलनलाई राजनीतिक सामाजिक र आर्थिक रूपमा सबल र स्वतन्त्र बनाउने योजना बनाउनुपर्छ।

आगामी कार्यकालका लागि सक्षम विचारवान र जनपक्षीय नेतृत्व चयन गर्नुपर्छ। साथै जनवादी उन्मुख लोकतन्त्रलाई संस्थागत गर्ने दिशामा महिलाको अग्रणी भूमिका सुनिश्चित हुनुपर्दछ। संगठनलाई मजबुत र सुदृढ बनाउन सम्मेलनका विशेषतालाई ध्यान दिँदै व्यापक सहभागिता स्थानीय तहदेखि केन्द्रसम्मको प्रतिनिधित्व गराउने राजनीतिक बहस वर्तमान परिस्थिति संविधान कार्यान्वयन सुशासन र समृद्धि सम्बन्धी गहिरो छलफल र महिला अधिकार सम्बन्धी एजेन्डामा पैत्रिक सम्पत्तिमा समान अधिकार ५०% प्रतिनिधित्व गर्ने जस्तै शिक्षा स्वास्थ्य रोजगार र सामाजिक सुरक्षामा पहुँच पुर्याउने नीति तय गर्नुपर्नेछ।

साथै महिलालाई सिपमूलक कार्यमा अब्बल बनाउने उत्पादनमा जोड दिने आर्थिक पक्षलाई सफल बनाउने रणनीति तय गर्नुपर्नेछ साथै संगठन सुद्रीकरण गर्दै संरचना नीतिगत स्पष्टता र आन्दोलनलाई नयाँ गति दिने कार्यक्रम तयार गर्न गरिब श्रमिक दलित आदिवासी जनजाति तथा ग्रामीण महिलाहरूको विशेष अधिकारमा ध्यान दिँदै बौद्धिक क्षमतावान महिलालाई नेतृत्वमा ल्याउने अवसर प्रदान गर्नु अहिलेको आवश्यकता हो। गहन बहस र छलफलबाट आगामी नेतृत्व बनाउँदा प्रभावकारी हुने सम्भावनालाई ध्यान दिनुपर्दछ। दूरदर्शी र नीतिगत स्पष्टता भएको। संविधान कार्यान्वयन र समाजको बाटोमा अडिक।

आन्दोलन र संगठन दुवैमा सक्षम व्यक्ति। समावेशी समानुपातिकमा जोड। नयाँ पुस्तालाई अवसर दिने र पुराना अनुभवलाई सम्मान गर्ने। सामाजिक आर्थिक रूपमा निष्कलङ्क चरित्रवान हुनुपर्ने। अन्तमा सातौं राष्ट्रिय सम्मेलन महिलाको समान अधिकार सामाजिक न्याय र समृद्ध नेपालको निर्माणतर्फ एउटा ऐतिहासिक दिन बन्नेछ। संविधानले दिएको अधिकार व्यवहारमा उतार्दै राजनीतिक सामाजिक र आर्थिक क्षेत्रमा महिलालाई सबल स्वाभिमान बनाउने यो सम्मेलन ऐतिहासिक बनाउन सम्पूर्ण कमरेडहरूले आफ्नो ठाउँबाट जिम्मेवारी बहन गरौं।

अम्बिका लामिछाने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) बागमती प्रदेश सचिवालय सदस्य, अखिल नेपाल महिला संघ क्रान्तिकारी बागमती प्रदेश सहसचिव तथा चितवन जिल्ला इन्चार्ज हुन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस