काठमाण्डौं । जाडो मौसममा अमला सेवनका केही विशेष फाइदाहरु छन् । अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ । अमलामा क्रोमियम बढि मात्रामा हुन्छ । अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन ।
अमला धेरै गुणकारी हुन्छ र हरेक मौसममा यसको सेवन गर्न सकिन्छ । तर जाडोमा यसको सेवन गर्दा विशेष फाइदा हुन्छ । अमलाको सेवनले रुघा–खोकी, छाला, नेत्र रोग तथा केशका लागि अति उपयोगी टनिक हो ।
विज्ञापन
अमलाका फाइदाहरु
विज्ञापन
१. मोटोपन कम गर्न चाहानु हुन्छ भने विहान खाली पेटमा महसँग अमलाको रस एक गिलास मनतातो पानीसंग सेवन गर्नु पर्छ ।
२. तपाईलाई एसीडिटीको समस्याले ग्रस्त हुनु हुन्छ भने एक ग्राम अमलाको धुलो र अलिकति चिनी एक गिलास पानी अथवा दुधमा मिलाएर पिउनु पर्छ ।
३. अमला सेवन गर्नाले चिसोको कारण हुने रुघाखोकीबाट छुट्कारा पाइन्छ ।
४. अमलाको जूसमा मह मिलाएर पीउनाले मोतिबिन्दुको समस्या भएकाहरुलाई फाइदा प्राप्त हुन्छ ।
५. अमलाले हाम्रो पाचनतन्त्र र मृगौलालाई पनि स्वस्थ राख्छ ।
६. अमलाको सेवनले कपाल र्झन कम हुन्छ, यसले कपालको जरालाई बलियो प्रदान गर्छ ।
७. यदि कब्जियतको समस्या छ भने अमलाको सेवन यसको लागि फाइदाजनक हुन्छ ।
८. मुटुलाई स्वास्थ बनाउनको लागि जाडो मौसममा दिनहुँ अमला खाने बानी बसाल्नु पर्छ । यसो गर्दा यसले मुटु मांसपेशीहरु बलियो हुन्छ, जसका कारण मुटुले शरीरमा सफा रगत सन्चार गर्न सक्छ र तपाईं स्वास्थ रहनु हुन्छ ।
९. अमला डाइबिटीजको समस्या भएको व्यक्तिको लागि पनि अति लाभकारी हुन्छ । वास्तवमा यो क्रोमियम इन्सुलिन बनाउने सेल्सहरुलाई एक्टिभेट गर्छ र यो हार्मोन्सको काम शरीरमा ब्लड शुगरलाई नियन्त्रण गर्नु हो ।
१०. जाडो मौसममा बिहान खानामा अमलाको अचार अथवा मुरब्बा सेवन गर्नाले तपाइर्ं वर्षभरि नै स्वस्थ रहनु हुन्छ ।
११. अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ। एजेन्सी
फेसबुक प्रतिक्रियाहरु