सोमवार, मंसिर २४, २०८१
  • होमपेज
  • रोचक/विचित्र संसार
  • जब फुटबल चलिरहेका बेला मैदानमा फ्याँकियो सुँगुरको टाउको
रोचक/विचित्र संसार

जब फुटबल चलिरहेका बेला मैदानमा फ्याँकियो सुँगुरको टाउको

काठमाडौं- विश्वमै सबैभन्दा लोकप्रिय खेल फुटबलका दौरान अनेक रोचक घटना हुने गरेका छन् । मंगलबार ब्राजिलमा सम्पन्न एक क्लबस्तरीय भिडन्तमा एउटा रोचक घटना हुन पुगेको छ। ब्राजिल सिरि ए अन्तर्गत दुई चिरप्रतिद्वन्द्वीबीच स्थानीय समयअनुसार सोमबार राति भएको भिडन्तका क्रममा मैदानमा काटिएको सुँगुरको सेतो टाउको फ्याँकिएको हो । दुई प्रतिद्वन्द्वी क्लबहरू कोरिन्थियान्स र पाल्मेइरासबीचको बहुचर्चित भिडन्तका क्रममा सुँगुरको टाउको एकजना समर्थकले मैदानमै फ्याँकेका हुन् ।

कोरिन्थियान्सका फ्यान सुँगुरको टाउको फ्याँकेको यस प्रकरणमा पुलिसले छानबिन पनि थालिसकेको छ । पुलिसले कोरिन्थियान्स र पाल्मेइरासबीचको खेलमा सुँगुरको टाउको फ्याँकिएको घटनालाई एक गम्भीर र भयानक भनेको छ ।

विज्ञापन

पाल्मेइरासका राफेल भेइगाले कर्णर बल प्रहार गर्न लागेका बेलामा सुँगुरको टाउको मैदानमा फ्याँकिएको थियो। त्यो सुँगुरको टाउकोलाई तत्कालै कोरिन्थियान्सका युरी अल्बर्टोले लात्ती हानेर मैदानबाहिर पठाइदिए । अल्बर्टोले खेलपछि ग्लोबो एस्पोर्टेलाई भने, ‘मेरो खुट्टो करिब करिब भाँच्चिएको थियो । मैले त्यो कुने सिरानेको खोल होला भनेर लात्ती हानेको थिएँ तर त्यो त सुँगुरको टाउको रहेछ । मैले त्यसलाई लात्ती हान्दा आफैंलाई चोट पुर्‍याएँ ।’

विज्ञापन

यस प्रकरणमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । तर उनीहरूबारे ठोस प्रमाण नभएपछि तत्कालै रिहा गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सुँगुरको टाउको कोरिन्थियान्सको स्टेडियम नियो क्युमिका एरिनाको मैदानसम्म कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

सुँगुरको टाउको मैदानमा फ्याँकिएपछि चर्चामा आएको यो प्रतिस्पर्धामा विजयी भने कोरिन्थियान्स भएको छ। सुँगुरको टाउको पनि कोरिन्थियान्सकै फ्यानले फ्याँकेका थिए । यस खेलमा कोरिन्थियान्स २-० गोलअन्तरले विजयी भयो ।

ब्राजिलियन सिरि एको तालिकामा कोरिन्थियान्स ३२ खेलबाट ३८ अंकसहित १३ ०औँ स्थानमा छ । उता पराजित पाल्मेइरास भने ३२ खेलबाट ६१ अंकसहित उपाधि होडको दोस्रो स्थानमा छ । कोरिन्थियान्ससँगको पराजयले उसलाई उपाधि होडमा धक्का लागेको छ। लिगको पहिलो स्थानमा ३१ खेलबाट ६४ अंकसहित बोटाफोगो रहेको छ ।

दुई दशकअघि स्पेनमा पनि यस्तै घटना भएको छ । २२ वर्षअघि स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र बार्सिलोनाको भिडन्तका क्रममा पनि सुँगुरको टाउको मैदानमा फ्याँकिएको थियो । त्यसबेला पोर्चुगिज विङ्गर लुइस फिगोले बार्सिलोना छाडेर रियल मड्रिड गएपछि भएको भिडन्तका क्रममा पनि सुँगुरको टाउको फ्याँकिएको थियो । त्यस्तै प्रकृतिको घटना २२ वर्षपछि ब्राजिलमा दोहोरिएको हो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस