Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • चितवन विशेष
  • कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
चितवन विशेष

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति (सर्च कमिटी)ले आज सूचना जारी गरी १० दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्यको संयोजकत्वको सर्च कमिटीमा शिक्षा मन्त्रालयका सचिव र विश्वविद्यालयका सिनेटर डा.भूमिनन्द देवकोटा सदस्य छन् । सो कमिटीले गरेको सिफारिसको आधारमा सरकारले उपकुलपति नियुक्त गर्ने छ ।

विज्ञापन

उपकुलपति बन्न इच्छुक उम्मेदवारलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१ बमोजिम दरखास्त दिन भनिएको छ । उम्मेदवारले शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा उल्लिखित कार्यविधिको अनसूची १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र निवेदन दिन भनिएको छ । आजको मितिले दशौं दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त दिन सकिने सर्च कमिटीले जनाएको छ ।

विज्ञापन

प्रा.डा. पुण्यप्रसाद रेग्मीको चारवर्षे कार्यकाल गत असोज ८ गते सकिएपछि हाल उपकुलपति पद रिक्त छ । उपकुलपतिको दाबेदारको रुपमा विश्वविद्यालयकी रजिष्ट्रार प्रा.डा.शारदा थपलिया, प्रा.डा.कल्याणी मिश्र त्रिपाठी, प्रा.डा. सूर्यकान्त घिमिरे, प्रा.डा. पुष्कर दाहाल लगायत छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस