बुधबार, कार्तिक २८, २०८१
  • होमपेज
  • Breaking News
  • अमेरिकाको राष्ट्रपतिमा ट्रम्प विजयी
Breaking News

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प विजयी

काठमाडौं। अमेरिकी राष्ट्रपति पदको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी छन्। बहुमत सिटसहित ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

 

विज्ञापन

कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गरेको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ। जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो। आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए। पछिल्लो निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भएका थिए।

विज्ञापन

 

ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ। उनको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ, विशेष गरी अमेरिका-चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ। ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन्। उनले अमेरिकाको हितमा काम गर्ने बताएका छन्। ‘यो अमेरिकी जनताको शानदार जित हो। यसले अमेरिकालाई अझ सक्षम बनाउन मद्दत गर्नेछ। यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ,’ सम्बोधनमा उनले भने।

 

व्यावसायिक पृष्ठभूमिका ट्रम्पले पहिलो कार्यकालमा आर्थिक सुधारका कदमहरू उठाउनुका साथै आप्रवासन, कर नीति र व्यापार सम्बन्धमा कडा अडान लिएको इतिहास रहेको छ। उनका समर्थकहरूले यो जितलाई अमेरिकाको ‘स्वतन्त्र’ तथा ‘सशक्त’ नीति पुनः स्थापनाको विजय मानेका छन् भने आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय सम्बन्धमा अस्थिरता निम्त्याउने चेतावनी दिएका छन्। ट्रम्पको विजयले आर्थिक मोर्चामा समेत नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस