Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
  • होमपेज
  • समाचार
  • मधुमेहका बिरामीका लागि औषधि हो किम्बु; फल, पात डाँठ सबै उपयोगी
समाचार

मधुमेहका बिरामीका लागि औषधि हो किम्बु; फल, पात डाँठ सबै उपयोगी

काठमाडौँ । तपाईँको ब्लड सुगर नियन्त्रणमा आइरहेको छैन भने किम्बु खानु तपाईँका लागि फाइदाजनक हुन सक्छ । किम्बुको पात, डाँठ र फल सबैमा औषधीय गुण हुन्छ । जसले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्न सक्छ ।

किम्बुमा पाइने पोषक तत्त्व र एन्टीअक्सिडेन्ट्सले शरीरको इन्सुलिन संवेदनशीलता बढाउँछ र चिनीको स्तरलाई पनि स्थिर राख्छ । किम्बुको नियमित सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

विज्ञापन

रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सकिएन भने यो मधुमेहमा परिणत हुन सक्छ, जसलाई सम्हाल्न निकै गाह्रो हुनेछ । व्यायाम र स्वस्थ आहारको मद्दतले मधुमेहलाई नियन्त्रणमा राख्न सकिन्छ । आजको यस लेखमा मधुमेहलाई नियन्त्रण गर्न रामवाण साबित हुन सक्ने फल अर्थात् किम्बुको बारेमा कुराकानी गर्नेछौँ । किम्बुको पात, डाँठ र फल सबैमा औषधीय गुण हुन्छ, जसले रगतमा चिनीको मात्रालाई स्थिर राख्न मद्दत गर्छ ।

विज्ञापन

रगतमा चिनीको मात्रा बढ्दा तिर्खा लाग्ने, बारम्बार पिसाब लाग्ने, घाउ अनि फोकाहरू चाँडै निको नहुने, फंगल इन्फेक्सन बढ्ने, छिटो छिटो भोक लाग्ने, मुख सुख्खा भइरहने जस्ता अनेक समस्याहरू देखा पर्छन् । मधुमेहमा बिरामीको प्यान्क्रियाजले इन्सुलिन हर्मोन उत्पादन गर्न बन्द गर्छ वा कम मात्रामा उत्पादन गर्छ । इन्सुलिन एक हार्मोन हो जसले रगतमा चिनीलाई नियन्त्रण गर्छ । रगतमा चिनीको स्तर बढेपछि धेरै गम्भीर रोगहरूको जोखिम पनि बढ्छ ।

पोषक तत्त्वले भरिपूर्ण

किम्बु खास गरी सेतो किम्बु ब्लड सुगरका लागि धेरै लाभदायक छ । यसमा फाइबर, भिटामिन सी, आइरन, प्रोटिन, क्याल्सियम र भिटामिन ए जस्ता जरुरी पोषक तत्त्वहरू पाइन्छ । सेतो किम्बुमा पाइने यी तत्त्वहरूले रगतमा चिनीको मात्रालाई नियन्त्रण त गर्छ नै समग्र स्वास्थ्यमा पनि सुधार ल्याउँछ । यसको नियमित सेवनले धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोगी

सेतो किम्बुले रगतमा चिनीलाई नियन्त्रण गर्छ । यसले इन्सुलिनलाई नियमित गर्न मद्दत गर्छ । क्यान्सर कोशिकाको वृद्धिलाई रोक्नुको साथसाथै यसले कोलेस्ट्रोलको स्तर कम गर्न पनि मद्दत गर्दछ ।

टाइप २ को मधुमेहका बिरामीले ३ महिनासम्म दिनहुँ ३ पटक १ हजार मिलीग्राम किम्बुको पातको ‘अर्क’ सेवन गर्ने हो भने सुगर छिट्टै घट्ने एउटा अध्ययनले देखाएको छ । यसले हेमोग्लोबिन ए१सीको स्तरमा पनि सुधार गर्छ । किम्बुको पातको रसले इन्सुलिन उत्पादनको जिम्मा पाएको प्याङ्क्रियाजका बीटा कोशिकाहरूको कार्यसम्पादनमा सुधार्न मद्दत गर्छ ।

पात, डाँठ वा फल जे पनि खान सक्नु हुन्छ

रगतमा चिनीको मात्रा कायम राख्न किम्बुको पात, फल वा डाँठहरू प्रयोग गर्न सकिन्छ । हरेक बिहान खाली पेटमा किम्बुको पातको रस वा डाँठको चूर्ण सेवन गर्नु फाइदाजनक हुन्छ । किम्बुको सबै हिस्सामा औषधीय गुण छन्, जसले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्दछ र समग्र स्वास्थ्यमा पनि सुधार गर्दछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस