On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • इच्छाकामनाको थाप्राङ-तिपाङ जोड्ने पुल निर्माण
Breaking News

इच्छाकामनाको थाप्राङ-तिपाङ जोड्ने पुल निर्माण

भरतपुर ।

चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्ग पुल निर्माण सम्पन्न भएको छ । सो पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ । बहत्तर मिटर लामो सो पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने बताउनुभयो ।

विज्ञापन

 

विज्ञापन

चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ । अध्यक्ष गुरुङले भन्नुभयो, “पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको छ ।” पुल निर्माणपछि चितवन मात्र नभई धादिङका नागरिकलाई समेत सहज भएको छ ।

 

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको बताउनुभयो । “तिपाङभन्दा माथि पनि साना–साना बस्ती छन्”, उहाँले भन्नुभयो, “यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिडडुल गर्न सजिलो हुनेछ ।” पुल निर्माणका लागि २०७८ सालमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । “भौगोलिक विकटताका कारण निर्धारित समयमा सम्पन्न हुन सकेन”, बस्नेतले भन्नुभयो, “अझै पनि यहाँ बिजुली र बाटोघाटोको समस्या छ । जनश्रमदानबाट पुल निर्माण गरिएको हो । फलामको काम बाहेक सबै स्थानीय सामग्री र श्रमदान प्रयोग गरिएको छ ।”

धादिङबाट चितवन आउनुभएका राजेश चेपाङ पुल निर्माण भएपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताउनुभयो । उहाँले पहिले बर्खाको समयमा आवतजावत बन्द हुने गरेको अनुभव सुनाउँदै पुल बनेपछि निकै खुसी लागेको बताउनुभयो । थाप्राङ माइत भएकी सुनिता चेपाङ पुल नहँुदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने भएकाले खुसी लागेको बताउनुभयो । उहाँले पहिलोपटक पुल तरेर आउँदा निकै उत्साहित भएको बताउनुभयो । गाउँपालिका, जिल्ला समन्वय समिति र सहभागि नेपाल संस्थाको करिब रु ३३ लाखको लागतमा पुल निर्माण गरिएको हो । रासस

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस