On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • नारायणगढ–बुटवलअन्तर्गत पूर्वी खण्डमा कालोपत्र, हालसम्म ४८ प्रतिशत प्रगति
समाचार

नारायणगढ–बुटवलअन्तर्गत पूर्वी खण्डमा कालोपत्र, हालसम्म ४८ प्रतिशत प्रगति

नवलपरासी ।

नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर कालोपत्र भएको छ । यस खण्डको ११३ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा करिब ६५ किलोमिटर पर्दछ ।

विज्ञापन

 

विज्ञापन

नवलपुरको गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किमी सडकमा हाल २९ किलोमिटर कालोपत्र गर्ने काम सकिएको निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनका ठेक्का सहव्यवस्थापक राकेश झाले बताउनुभयो । पूर्वी खण्डको ६५ किमी सडकमध्ये १९ किमी एकतर्फ र अर्कोतर्फ १० किमी गरी २९ किमी कालोपत्र गरिएको उहाँले जानकारी दिनुभयो ।

 

झाका अनुसार आगामी साउनमा दोस्रो पटक थपिएको म्याद सकिने नारायणगढ–बुटवल सडक विस्तार योजनाको हालसम्मको प्रगति ४८ दशमलव ६१ प्रतिशत पुगेको छ । विसं २०७५ माघमा सम्झौता भएर उक्त खण्डमा स्तरोन्नतिको काम थालिएको थियो ।

आगामी असारसम्ममा गैँडाकोटबाट दुम्किबाससम्म एकतर्फी सडक कालोपत्र गरिसक्ने लक्ष्य राखिएको सहव्यवस्थापक झाले बताउनुभयो । “हाम्रो लक्ष्य दाउन्ने बाहेक पूर्वी खण्डमा एकतर्फी रुपमा कालोपत्र गरेर सक्ने छ । कुनै अवरोध नआए सक्छौँ”, उहाँले भन्नुभयो ।

दाउन्नेमा भित्ता काट्ने काम जारी रहेको भन्दै पाँच किमीमध्ये तीन सय मिटरमा भित्ता काट्न बाँकी रहेको जानकारी दिनुभयो । एक साताभित्र भित्ता काट्ने काम सकिने उहाँको भनाइ छ ।

यातायात आवागमनलाई सहज पार्न पहिलो चरणमा एकतर्फी सडक कालोपत्र सक्ने योजना अनुसार काम भइरहेको झाले बताउनुभयो । अहिले दैनिकजसो कालोपत्र गर्ने काम भएको र डण्डा चोरमारा खण्डमा एकदुई दिनमा काम सकिने उहाँले बताउनुभयो ।

पूर्वी खण्डको कावासोती र डण्डा बजार क्षेत्रमा भने दुईतर्फी रुपमा कालोपत्र गर्नेगरि काम भइरहेको झाले बताउनुभयो । उहाँका अनुसार बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ ।

गैँडाकोटबाट दाउन्नेसम्म पहिलो खण्ड र दाउन्नेबाट बुटवलसम्म दोस्रो खण्डमा विभाजन गरी निर्माण भइरहेको झाले जानकारी दिनुभयो । करिब रू १७ अर्ब लागत लाग्ने उक्त आयोजना लामो समयसम्म सम्पन्न नहुँदा यस खण्ड भएर यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।

कालोपत्रको कामसँगै पुल निर्माणसमेत अगाडि बढिरहेको ठेक्का सहव्यवस्थापक झाले बताउनुभयो । उहाँका अनुसार नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ठूला १२ वटा पुल निर्माण हुनेछन् । यस खण्डमा साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा करिब सबै पुल निर्माण सकिएको छ । ठूला पुल निर्माण भइरहेका उहाँको भनाइ छ । रासस

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस