आइतवार, कार्तिक २२, २०८३
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री प्रचण्ड र कालिकाका मेयर रेग्मीबीच भेट, शक्तिखोर औधोगिक क्षेत्र, तथा त्रशुली डाईभर्सन विषयमा छलफल
समाचार

प्रधानमन्त्री प्रचण्ड र कालिकाका मेयर रेग्मीबीच भेट, शक्तिखोर औधोगिक क्षेत्र, तथा त्रशुली डाईभर्सन विषयमा छलफल

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले शक्तिखोर औधोगिक क्षेत्र स्थापना, त्रशुली डाईभर्सन, नगरमा रोकिएका बजेट विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी छलफल गरेका छन् ।

सो अबसरमा मेयर रेग्मीले प्रधानमन्त्री प्रचण्डसँग कालिका नगरपालिकाको समग्र विकास निर्माण, नगरमा रोकिएका बजेट, शक्तिखोर औधोगिक क्षेत्र स्थापना, अपाङ्गता भएका बालबालिका सहज तरिकाले पढ्न पाउनुपर्ने समावेशी विद्यालय स्थापना, त्रिशुली डाईभर्सन तथा विभिन्न विषयमा छलफल भएको जानकारी दिए ।

विज्ञापन

साथै, सोमवार मेयर रेग्मीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, नेकपा एमालेका उप महासचिव विष्णु रिजाल, नेकपा एमालेका केन्द्रिय सदस्य कपिल पोखरेल, राष्ट्रिय बहिरा महासंघका पूर्व अध्यक्ष केपी अधिकारी, डा. बाबुराम ढुङ्गानासंग पनि भेटवार्ता गरेकाछन् ।

विज्ञापन

भेटमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनले नगरको समग्र विकास निर्माण, नगरमा रोकिएका बजेट लगाएतका विषयमा सकारात्मक प्रतिक्रिया दिएको मेयर रेग्मीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १२ घन्टा अगाडि

भर्खरै

सिफारिस