आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदै छ खरिदबिक्री ?
समाचार

सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदै छ खरिदबिक्री ?

काठमाडौं । नेपाली बजारमा लगातार आज चौथो दिन पनि सुनको भाउ बढेको छ। बिहिबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । गत सोमबारदेखि सुनको मूल्य बढीरहँदा आज पनि सुनको भाउमा बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि, बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार १५० रूपैयाँमा कारोबार भएको थियो।

विज्ञापन

त्यसैगरी, बिहीबार चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

विज्ञापन

 

बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस