शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • बलात्कार मुद्धामा फसाइदिने भनि ‘ब्ल्याकमेल’ गर्ने युवती जेल चलान
समाचार

बलात्कार मुद्धामा फसाइदिने भनि ‘ब्ल्याकमेल’ गर्ने युवती जेल चलान

काठमाडौं ।

पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो ।

विज्ञापन

 

विज्ञापन

थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश श्यामलाल घिमिरेको इजलासले कैद र जरिवानासँगै उनीबाट पीडित पुरुषलाई सात लाख क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । त्यस्तै, युवतीका सहयोगी ललितपुर महालक्ष्मी नगरपालिका–५ का सुदर्शन सापकोटालाई सात दिन कैद र एक हजार जरिवानाको फैसला सुनाइएको छ ।

 

प्रहरीकै एक कनिष्ट अधिकृतलगायत व्यक्तिले थापाविरुद्ध उजुरी दिएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले ६ मंसिर ०७८ मा थापा र सापकोटालाई पक्राउ गरी मुद्दा चलाएको थियो । व्यक्तिगत लेनदेनको पैसा फिर्ता माग्दा थापाले बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको पुष्टि भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो । जसमा अदालतले आंशिक ठहरको फैसला गरेको हो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस