शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • चितवन मेडिकल कलेज क्षेत्र विस्तार अभियानमा मर्ज गरेर सुरु भो सिएमसी चुरेहिल हस्पिटल
समाचार

चितवन मेडिकल कलेज क्षेत्र विस्तार अभियानमा मर्ज गरेर सुरु भो सिएमसी चुरेहिल हस्पिटल

हेटौँडा । वागमती प्रदेशको राजधानी मकवानपुर हेटौँडामा अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा आएको छ । गुणस्तरीय अब्बल स्वास्थ्य सेवा दिंदै आएको चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियान अन्तर्गत हेटौँडा स्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो ।
‘गाउँ–गाउँ ठाउँको ठाउँ उपचार सेवा’ भन्ने अभियानलाई आत्मसाथ गर्दै हस्पिटल मर्ज गर्दै अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालन गरेको चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्साललले जानकारी दिनुभयो । चितवन मेडिकल कलेजले ६० प्रतिशत शेयर लिएर नयाँ व्यवस्थापन सहित अस्पताल सञ्चालनमा ल्याएको यहँलृे जानकारी दिनुभयो ।
१५ बेडको आकस्मिक सेवासहित मर्जपछि २५ बेडको चुरेहिल हस्पिटललाई एक सय बेडमा विस्तार गरिने उहाँले बताउनुभयो । गएको भदौ ७ गते हस्ताक्षर गरी मर्ज गरेको हस्पिटलको आज एक भव्य समारोहका बीच शुभारम्भ गरिएको हो ।

विशेषज्ञ सेवाहसहित अत्याधुनिक ल्याब सेवा समेत यहाँ उपलब्ध रहेको छ । हस्पिटलमा छिटै नर्सिङ विषयको पठनपाठन गर्ने योजना पनि रहेको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो ।
चितवनका स्वास्थ्य संस्थाले मकवानपुरलाई आफ्नो सेवा क्षेत्रको रुपमा लिँदै आएको सन्दर्भमा चितवन मेडिकल कलेजले चुरेहिल हस्पिटलसँग मर्जरनै गरेर सेवा विस्तार गर्ने योजना मकवानपुरको स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण सावित भएको चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा.हरिश्चन्द्र न्यौपानेको विश्वास छ । चौबिसैघण्टा विशेषज्ञसहित यहाँ जुनसुकै जटिल अप्रेशनदेखि जटिल प्रसुति सेवाको लागि चितवन, काठमाडौँ रिफर गर्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाई छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस