सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • विवादित रत्ननगर महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने
समाचार

विवादित रत्ननगर महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने

चितवन । पूर्वी चितवनको टिकौली चौरमा पुस २६ गतेदेखि माघ ८ गतेसम्म रत्ननगर महोत्सव सञ्चालन हुँदैछ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।अध्यक्ष तिमिल्सिना बुधबार नै चितवन आईपुग्नु भएको छ। यो स्थानमा हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन, मध्यवर्ती क्षेत्र र राजमार्ग जोडिएको छ ।
हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइन महोत्सव परिसरमा पर्ने भएकाले महोत्सवमा सहभागि हुन पनि ज्यानको जोखिम छ । नेपाल विद्युत प्राधिकरणका अनुसार यो क्षेत्रको तारको अवस्थाबारे लामो समयदेखि परीक्षण नगरिएकाले तार चुडिने जोखिम छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तारको ५ मिटर नजिक जाँदा बढी जोखिम हुने बताउनुभयो । यस्ता स्थानमा स्थायी वा अस्थायी संरचना बनाउनु उचित हुँदैन । ५ मिटरभन्दा कम दूरीमा तार आईपुगेको छ भने महोत्सव जस्ता गतिविधि गर्नु उच्च जोखिम हुन्छ ।
यस्तै यही क्षेत्रमा बर्दियाबाट दुर्लभ वन्यजन्तु कृष्णसार ल्याउने तयारी छ । लोपोन्मुख अवस्थामै पुगेको थाहा पाएपछि सरकारले २०६५ सालको फागुन २३ गते कृष्णसार संरक्षण क्षेत्र भनेर बर्दियाको गुलरिया नगरपालिकाभित्र पर्ने १६.९५ वर्गकिलोमिटर क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र भनेर घोषणा गरेको थियो । रत्ननगरको टिकौली चौरमा करिब साढे १७ हेक्टर क्षेत्रफल छुट्टयाएर ४५ देखि ६० वटा कृष्णसार स्थानान्तरण गर्ने तयारी छ । यो स्थानमा महोत्सवका कारण ध्वानी प्रदुषण हुने भएकाले यहाँ महोत्सव गर्दा संरक्षणकर्मीहरुले विरोध गरिरहेका छन् ।
वरणडाभारा मध्यवर्ती क्षेत्रअन्तरगतको जैविक मार्ग र पूर्व पश्चिम राजमार्गसँगै जोडिएको चौर भएकाले मानव तथा वन्यजन्तुलाई प्रत्यक्ष असर पर्ने गर्दछ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले रत्ननगर महोत्सवको लागि अनुमति दिएको भएपनि टिकौली चौरमा भने अनुमति प्रदान नगरिएको बताउनुभयो ।
महोत्सवमा हाईटेन्सनका कारण कुनै विपद् आई परे आयोजक आफै जिम्मेवार हुनुपर्ने प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो। अहिले स्थानीय युवाहरुले यहाँ महोत्सव गर्न नहुने भन्दै जिल्ला वन कार्यालय, चितवन राष्ट्रिय निकुञ्जमा उजुरी दिईसेका छन् । स्थानीय युवाहरुले कार्यक्रममा आउने प्रमुख अतिथिलाई कालो झण्डा देखाउने बताईरहेका छन् ।
महोत्सवको घोषणा भएपछि आयोजकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिका लागि निमन्त्रणा गरेको भएपनि विवादित स्थानमा महोत्सव हुने भएकाले प्रधानमन्त्रीले निमन्त्रणा अस्वीकार गर्नुभएको थियो । अहिले महोत्सवको उद्घाटन गर्न राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना आउने भएका छन् । माघ ११ गते राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिदैछ । कार्यकाल सकिन केही दिन बाँकी रहँदा अध्यक्ष तिमिल्सिना विवाद आउने देखिएको छ ।
–––––

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस