आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • Breaking News
  • आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने
Breaking News

आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने

चितवन । भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने भएको छ ।
रंग रोगनका लागि आवश्यक रङ बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल आँपटारीलाई ९ सय लिटर रातो र सेतो रंग हस्तान्तरण गरिएको छ । रंग खरिदका लागि रु ५ लाख ९९ हजार ४ सय खर्च भएको महानगरले जनाएको छ । रङलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख शशी पाण्डेलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।
महानगरपालिकाले दिएको रंगलाई सशस्त्र प्रहरीले सामाजिक उतरदायित्व अन्तर्गत रंग लगाउने कार्य गर्ने छ । करिब एक महिनाभित्र यो सडकमा रंग लगाउने काम सकिने छ ।
रङ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर सहरको सौन्दर्याकरणका लागि देवघाट जाने सडकको दायाँ बायाँ रङ रोगन गर्न लागिएको बताउनुभयो।
प्रमुख दाहालले विकास र समृद्धिको यात्रामा भरतपुरले फड्को मारेको र आशा लाग्दो ढङ्गबाट विकास र पूर्वाधारका दृष्टिले उत्कृष्ट महानगरका रुपमा अगाडि लम्किएको उल्लेख गर्नुभयो ।
महानगरपालिकालाई हरियाली, सरसफाईयुक्त र उज्जयालो सहर निर्माण गर्ने काम अनरुप पहिलो चरणको स्मार्ट लाईट जडान गर्ने कार्य भई दोस्रो चरणको स्मार्ट लाईट जडानको कार्य अघि बढ्न लागेको जानकारी दिनुभयो ।
महानगरले चोक सुधार कार्यक्रम, सडकहरुलाई मार्किङ गर्ने, चौतार मर्मत सम्भार, आवश्यक पूर्वाधार थप गर्ने लक्ष्य राखेको प्रमुख दाहालको भनाई छ ।
महानरपालिकाले भरतपुरमा निर्माण भईसकेका सडकलाई हरियाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत वृक्षरोपण कार्यलाई पनि प्राथामिकताको साथ अगाडि बढाईरहेको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस