आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • Breaking News
  • चितवनको राप्ती र नारायणी नदीमा भेटिए २६५ घडियाल गोही
Breaking News

चितवनको राप्ती र नारायणी नदीमा भेटिए २६५ घडियाल गोही

भरतपुर ।
चितवनको राप्ती र नारायणी नदीमा २ सय ६५ घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र, सौराहाको संयुक्त टोलीले पुस १ गतेदेखि १५ गतेसम्म नदीको अनुगमन गर्ने क्रममा उक्त संख्यामा घडियाल भेटिएका हुन् ।

नारायणी नदीमा भेटिएका एक सय १३ घडियाल गोही मध्ये ३ वटा भाले र राप्तीमा नदीमा भेटिएका एक सय ५२ मध्ये ३ वटा भाले रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

विज्ञापन

साथै उक्त अनुगमनको क्रममा ३ वटा डल्फिन समेत रेकर्ड गरिएको उनले बताए । घडियाल अनुगमन कार्यमा काठको डुंगा, रवर वोट, जीपीएस, क्यामेरा, बाईनाकुलर लगायतका सामग्री प्रयोग भएको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस