आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री प्रचण्डको तस्बिरको वास्तविकता यस्ताे
समाचार

प्रधानमन्त्री प्रचण्डको तस्बिरको वास्तविकता यस्ताे

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गोरखामा आफन्तहरूसँग भेट भएको तस्बिरबारे गलत प्रचार भएको जनाएको छ । प्रचण्डको सचिवालयले बुधवार साँझ एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको राजनैतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोसिस भइरहेको जनाएको छ ।

विज्ञापन

 

विज्ञापन

प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तहरूसँग भेट भएको र त्यतिखेर लिएको तस्बिरलाई लिएर सामाजिक सञ्जालमा गलत ढङ्गले अफवाह फैलाउने काम भइरहेको छ’, सचिवालयले भनेको छ, ‘यस्ता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनैतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोसिस भइरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौँ।’

 

गोरखामा पार्टीका कार्यक्रममा पुगेका प्रचण्डले केही अघि बिहे भएका नातिनी–ज्वाइँका साथै उनीहरूका परिवारसँग हेलिकप्टरलाई पृष्ठभूमि बनाएर आज फोटो खिचाएका थिए । सोही फोटोबारे सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । कतिपयले प्रचण्ड सेनाको हेलिकप्टर लिएर आफन्त भेट्न गएको टिप्पणी समेत गरेका थिए । तर, प्रचण्ड आज विभिन्न कार्यक्रममा सहभागी हुन गोरखा पुगेका हुन् भने सोही क्रममा आफन्तसँग पनि भेटका साथै तस्बिर खिचाएको सचिवालयको भनाइ छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस