शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • स्वास्थ्यका लागि फाइदाजनक लसुनको पात
समाचार

स्वास्थ्यका लागि फाइदाजनक लसुनको पात

लसुन शरीरका लागि निकै फाइदाजनक खाद्य पदार्थ हो, चाहे यसको पात होस् या केस्रा । लसुनमा एन्टीअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टी फंगल तथा एन्टी भाइरल गुण हुने गर्दछ । यसका साथसाथै लसुनमा एजोइन र एलिन कम्पाउण्ड पनि हुने गर्दछ, जसले लुसनलाई औषधीय गुणले भरिपूर्ण बनाउँदछ । जानौं शरीका लागि आवश्यक लुसनका पातका केही फाइदाहरु :

पाचन राम्रो बनाउँछ : लुसनको पात पाचनतन्त्रका लागि फाइदाजनक हुन्छ । यसले पेटका कयौं समस्याबाट छुटकारा दिलाउँछ ।

विज्ञापन

प्रतिरक्षा बढाउँछ : यसमा प्रशस्त मात्रामा भिटामिन सी हुने गर्दछ, जसले शरीरमा मौसमी रोग लाग्न र अन्य संक्रमणहरुबाट बचाउँछ । लसुनको पातको चिया बनाएर समेत पिउन सकिन्छ ।

विज्ञापन

कोलेस्ट्रोल नियन्त्रण : कोलेस्ट्रोल बढ्ने समस्याबाट घटाउनका लागि लसुनको पातको सेवन गर्नु उपयुक्त हुन्छ । यसले खराब कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ ।

रक्तसंचार : लसुनको पातको सेवनले रक्तसंचार सुधार गर्न मद्दत गर्दछ । यसमा हुने भिटामिन सी ले शरीरमा आइरनलाई नियन्त्रणमा राखेर रगतमा रातो रक्तकोष बढाउन मद्दत गर्दछ ।

दुखाईको कमी : जोर्नी दुखाईको समस्यामा यसमा हुने एन्टीइन्फ्लामेटरी गुणले दुखाई कम गर्न तथा प्रतिरक्षा बढाउन मद्दत गर्दछ ।

रुघाखोकीबाट बच्न : लसुनको पत्ता एन्टीभाइरल तथा एन्टीब्याक्टेरियल गुणले भरिपूर्ण हुन्छ, जसले रुघाखोकीजस्ता सामान्य संक्रमणबाट बचाउन मद्दत गर्दछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस