शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • हिंग–पानी पिउनुका यस्ता छन् फाइदा
समाचार

हिंग–पानी पिउनुका यस्ता छन् फाइदा

घरेलु खानपानको नियन्त्रणले नै शरीरलाई रोगमुक्त बनाउँछ । यस्तै घरेलु उपचारको रुपमा हिंगको सेवन पनि निकै उपयुक्त मानिन्छ । बिहान दैनिक एक गिलास हिंग पानी पिउनाले पाचन राम्रो हुन्छ । एक गिलास मनतातो पानीमा दुई चिम्टी हिंग हालेर चम्चाले घोल्ने बिहान खाली पेट सेवन गर्नुपर्दछ । यसरी दुई हप्तासम्म पिउन सकेमा शरीरका लागि फाइदाजनक रहन्छ ।

जानौं, हिंग–पानी सेवन गर्नुका यी फाइदाहरु :

विज्ञापन

– दैनिक बिहान १ गिलास हिंग पानी पिउन सकेमा मुटुको रक्त संञ्चार नली (धमनी)मा जमेका खराब कोलेस्ट्रोलहरु कम हुन्छन् । कोलेस्ट्रोलको नियन्त्रण गर्न र हृदयघातको जोखिम कम गर्न फाइदाजनक रहन्छ ।

विज्ञापन

– हिंग पानीको सेवनले कब्जियत, ग्यास, एसिडिकीको समस्यामा राहत पाउन सकिन्छ । यसले पेट सफा राख्न मद्दत गर्दछ ।

– शरीरको शारीरिक संयन्त्रलाई राम्रो बनाउन र सुधार गर्नका लागि यो फाइदाजनक रहन्छ । यसका साथै कयौं रोगहरुबाट पनि बच्न सकिन्छ ।

– हिंगमा हुने औषधीय गुणले तौल घटाउन मद्दत गर्दछ । साथसाथै यसले पेटमा रहेको बोसो घटाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

– हिंग पानी पिउनाले टाउको दुखाईमा राहत पाउन सकिन्छ । यसमा हुने एन्टीइन्फ्लामेटरी गुणले रक्तवाहिकालाई शान्त बनाई रक्तप्रवाह राम्रो बनाउन मद्दत गर्दछ ।

चिसो लागेको महसुस भएको खण्डमा हिंग पानीको सेवन उपयुक्त हुन्छ । साथसाथै श्वासको दुर्गन्धको समस्याबाट पनि बच्न सकिन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस