शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • गौतम बुद्ध क्रिकेट रंगशालामा अब नियमित खेल हुन्छ: प्रमुख रेनु दाहाल
Breaking News

गौतम बुद्ध क्रिकेट रंगशालामा अब नियमित खेल हुन्छ: प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अब नियमित खेल गतिविधि हुने बताउनु भएको छ । वागमती प्रदेश स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको समापन गर्दै प्रमुख दाहालले रंगशालाको अभ्यास खेल मैदानमा नियमित खेल हुने उल्लेख गर्नुभयो ।

नियमित खेल गर्न संघ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने समेत स्पष्ट पार्नुभयो । रंगशालामा खेल गतिविधि नियमित गर्न एक चरणको छलफल र सहमति भईसकेको छ ।

विज्ञापन

क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि ७० प्रतिशत वागमती प्रदेश र ३० प्रतिशत भरतपुर महानगर गर्ने सहमति भएको छ । पहिलो चरणमा रु ७५ करोडको काम हुने जनाइएको छ ।

विज्ञापन

‘क्रिकेट रंगशाला बन्नेमा दुई मत छैन, उहाँले भन्नुभयो,‘केही दिनभित्र जग्गाको स्वामित्वको विषयमा दुई विश्वविद्यालयबाट सहमति पत्र आउँदै छ । एक महिनाभित्र निर्माण सुरु गर्ने गरी टेण्डरको काम हुदैछ।’

प्रमुख दाहालले क्रिकेट रंगशालाको अन्य संरचनालाई पनि सञ्चालन हुने गरी सरसफाईको कार्य अघि बढ्ने बताउनुभयो ।

भरतपुर महानगरपालिका खेल गतिविधिमा नेपालका ७५३ पालिका मध्ये पहिलो स्थानमा रहेकाले यसलाई कायम राख्न खेल गतिविधिलाई निरन्तरता दिईने उहाँको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघका केन्द्रीय सचिव तथा वागमती प्रदेशका अध्यक्ष पारस खड्काले निकट भविष्यमा गौतम बुद्ध क्रिकेट रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना बढ्दै बढेको उल्लेख गर्नुभयो।

अध्यक्ष खड्काले क्रिकेट खेलको विकासका लागि मेयर रेनु दाहालले लिनु भएको अग्रसतरता लिनु भएकोमा प्रशंसा गर्नुभयो।

यसैबीच प्रधानमन्त्री कपका लागि भएको वागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाण्डौँले हात पारेको छ । सोमबार भएको लालितपुर र काठमाण्डौँबीचको फाईनल खेलमा लालतिपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ क्रिकेट संघले उपाधि हात पारेको हो ।

सुरुवाती ब्याटिङ गरेको ललितपुरले ९ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको काठमाण्डौँले १६ दशमल १ ओभरमा ६ विकेटमा लक्ष्य पुरा गरेको थियो ।

––––

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस