Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले उत्कृष्ट साहित्यिक कृतिहरूलाई पुरस्कृत गर्ने
Breaking News

भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले उत्कृष्ट साहित्यिक कृतिहरूलाई पुरस्कृत गर्ने

भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले उत्कृष्ट साहित्यिक कृतिहरूलाई पुरस्कृत गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका अनुसार भरतपुर महानगरपालिका वा चितवन जिल्लालाई आधार बनाई यहाँको भाषासाहित्य, कलासंस्कृति, ऐतिहासिक, पुरातात्विक क्षेत्रमा खोज, अनुसन्धान, अन्वेषण गरी प्रकाशित भएका र उत्कृष्ट ठहरिएका मौलिक कृतिलाई नगद राशि रू ५० हजार ७८ सहित एक जनालाईचित्रवन प्रज्ञा पुरस्कार प्रदान गरिदैछ । उक्त पुरस्कारका लागि नेपालभरका जो कोही स्रष्टाले सहभागी हुन पाउनेछन् ।

प्रतिष्ठानले भरतपुर महानगरवासीका काव्य, आख्यान, नाटक र निबन्ध विधाका उत्कृष्ट ठहरिएका मौलिक साहित्यिक कृतिलाई अलगअलग विधागतरूपमा एक-एकजना गरी चारजनालाई प्रति स्रष्टा नगद राशि रू २५ हजार ७८ सहित भरतपुर महानगर प्रज्ञा पुरस्कार र नारी स्रष्टाहरूले प्रकाशन गरेका जुनसुकै विधाका कृतिहरू मध्येबाट उत्कृष्ट ठहरिएका मौलिक साहित्यिक कृतिलाई नगद राशि रू २५ हजार ७८ सहित एकजनालाई प्रदान गरिने गरी वागीश्वरी प्रज्ञा पुरस्कार प्रदान गरिने जनाएको छ ।

विज्ञापन

प्रज्ञाप्रतिष्ठानद्वारा दोस्रोपटक प्रदान गर्न लागिएको उपर्युक्त पुरस्कारहरू मध्ये चित्रवन प्रज्ञा पुरस्कार लागि नेपालभरका जो कोही स्रष्टाले सहभागी हुन पाउनेछन् भने भरतपुर महानगर प्रज्ञा पुरस्कार र वागीश्वरी प्रज्ञा पुरस्कार चाहिँ भरतपुर महानगरबासी स्रष्टाले मात्र सहभागी हुन पाउनेछन् । पुरस्कार प्रयोजनका लागि स्रष्टा स्वयम् वा प्रकाशकले सम्वत् २०७९ सालमा प्रकाशन भएका ३ प्रति पुस्तकहरू २०८० मङ्सिर मसान्तसम्ममा प्रज्ञाप्रतिष्ठानको सचिवालयमा आइपुग्ने गरी दर्ता गराउन प्रतिष्ठानले आह्वान गरेको छ ।

विज्ञापन

तोकिएको समयभित्र दर्ता भएका पुस्तकहरू मूल्याङ्कन समितिको सिफारिसलाई आधारमा प्रज्ञाप्रतिष्ठानको प्राज्ञपरिषद्ले निर्णय गरी पुरस्कृत कृतिको घोषणा गरिने प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस