On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ
Breaking News

अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ

 

फुङ्लिङ ।  नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ  विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

विज्ञापन

तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् ।

विज्ञापन

घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किनुभएको छैन । फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैँची बगानमा उहाँको दिनचर्या बितिरहेको छ । अहिले  लिम्बूको परिवार नै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उहाँले यस वर्षको दसैँ पनि यही बगानमा मनाउनुभयो ।

फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगनमै दसैँ मनाउनुभयो । एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उहाँले मङ्गलबार  अलैँची बगानमा पूजापाठ गर्नुभयो । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उहाँले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गर्नुभएको छ । पूजा गर्ने बर्सेनिको चलन छ । बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उहाँको परिवार दसैँमा घर फर्कन नपाएको हो । “टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,” उहाँले भन्नुभयो, “खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।”

सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दसैँका बेला पनि अलैँची बगनमै बस्नु परेको उहाँले बताउनुभयो । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दसैँ मनाएको लिम्बूले सुनाउनुभयो । सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सक्नुभएन  । ठूलो बगानमा टिपिरहेका उहाँ तिहारअघि नै काम सकेर फर्कने तयारीमा हुनुहुन्छ ।

मेरिङदेन गाउँपालिका—५ नाल्बुका विमना लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागिमात्र खाना बनाउनुहुन्थ्यो । तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतलाका लागि उहाँ बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाउनु भएका छन् । अलैँची टिप्ने खेतलाहरुलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । बिहानको १० बजे खान खान समय हुन्छ । आँखा देखुन्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझबिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई पाँच सयदेखि ६ सय ५० रुपैयाँ ज्याला दिनु पर्दछ ।

यी त भए केही प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका प्रायः किसान यति बेला अलैँची भित्र्याउने ध्याउन्नमा छन् । औलमा टिपिसकेको भए पनि मध्य र लेकाली क्षेत्रमा यति बेला धमाधम टिप्ने र सुकाउने काम भइरहेको छ ।

अलैँची टिप्ने मजदुर पाउनै गाह्रो

विगतका वर्षमा गाउँघरमा अलैँची टिप्नका लागि छरछिमेकीबीच अर्मोपर्मो गरिन्थ्यो । एक छिमेकीको बगानमा टिपाइसकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ । अलैँची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको अलैँची बगान छ । आफ्नो बगानमा आफैँले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जङ्गली जनावरले पाकेको फल खाइदिने गर्छन् । त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ । तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका—५ का अलैँची किसान कुमार राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आजभोलि खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोके खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई हुन्छ ।” गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका—४ कृषक अनिता लिम्बूले बताउनुभयो ।

 

केही वर्ष अगाडि सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । तर, सात वर्ष पहिला अलैँचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुग्यो । राम्रो बजार मूल्य पाएको वर्षदेखि अलैँची बगान विस्तार हुन थाल्यो । केही वर्ष अगाडि सहायक खेतीका रूपमा अलैँची खेती गरिन्थ्यो । अलैँचीले राम्रो बजार मूल्य आएसँगै पुख्र्यौली खेतीपातीका रूपमा गर्दै आएको धान, मकै, कादो जस्ता प्रमुख अन्न खेती हुने जमिनमा पनि किसानले अलैँची खेती विस्तार गरेका छन् । अलैँचीको राम्रो बजार मूल्य पाएसँगै वैदेशिक रोजगारीमा जान तम्सिएका युवाहरू खेती गर्न आकर्षित भएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैँची खेती गर्न थालेका छन् । बिस्तारै जिल्लामा अलैँची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालय ताप्लेजुङले जनाएको छ किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ ।

यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।रासस
–––

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस