आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु , एक बेपत्ता
समाचार

पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु , एक बेपत्ता

चितवन। पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमायाँ श्रीमल रहेकी छन् । पण्डितका अनुसार उनीहरु आज बिहान निगुरो टिप्न गएका थिए । बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

मृतकको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताउनुभयो । भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरुलाई नदीले बगाएको थियो ।रासस

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस