On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • देश/प्रदेश
  • उच्च शिक्षाका लागि विद्यार्थीको विदेश मोह, ‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भीड
देश/प्रदेश

उच्च शिक्षाका लागि विद्यार्थीको विदेश मोह, ‘एक्सपर्ट एजुकेशन फेष्ट’मा विद्यार्थीको भीड

चितवन । भरतपुरका अनुप भण्डारीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने चाहना छ । तर, कुन देश जाने र कसरी जाने भन्नेमा अन्यौलमा रहेका भण्डारीलाई बुधबार एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आफ्नै भवन बेस क्याम्पमा आयोजना गरेको ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ ती सबै अन्यौलता तोडिदियो ।
फेष्टमा दिउँसो पुगेका भण्डारी अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजिल्याण्डको बारेमा बुझेर आफ्नो जिज्ञासा मेटाएपछि खुसी थिए । उनको खुसीमा थप खुसी थपियो प्याराग्लाइडिङको टिकटले । फेष्टमा वान टु वान काउन्सिलिङपछि लक्कीड्रमार्फत उनले भरतपुर–२९ चौकीडाँडामा रहेको हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङको एउटा टिकट उपहार पाए । ‘आज म धेरै खुशी छु, आफ्नो शैक्षिक करियरको बारेमा पनि बुझ्न पाए, प्याराग्लाइडिङमा उड्ने अवसर पनि पाए, एक्सपर्ट चितवनलाई धेरै धेरै धन्यवाद’–भण्डारीले भने । भण्डारीसंगै महेश अधिकारीले समेत प्याराग्लाइडिङको टिकट उपहार जिते ।
भण्डारी जस्तै एक्सपर्ट एजुकेशन फेष्टमा सहभागि सबै विद्यार्थी खुसी थिए । सौराहाकी सचिंता तिमल्सिनाले आफु जान चाहेको देशको शैक्षिक अवस्थाको बारेमा जानकारी लिए । ढुक्क भएर बाहिरिने क्रममा गरिएको लक्कीड्रमार्फत उनले गैंडाकोटको मौलाकाली केबलकारको टिकट उपहार पाए । ‘वान टु वान काउन्सिलिङमा मैले धेरै कुरा जान्न पाए, केबलकारको टिकट पनि पाए, एक्सपर्टलाई धन्यवाद’–तिमल्सिनाले भनिन् । उनी जस्तै विद्यार्थीहरुले काउन्सिलिङका साथै कोहीले सिनेमाको टिकट प्राप्त गरे भने हातखाली नजाने अन्य उपहारहरु पाए ।
‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ मा बुधबार विद्यार्थीको विहानैदेखि भीड लागेको थियो । विहान १० बजेदेखि सुरु भएको फेष्ट दिउँसो ३ बजेसम्म चलेको थियो । फेष्टमा काउन्सिलिङका लागि विदेशबाटै आएका ३९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु एकछिन पनि खाली भएनन् । अन्तिम समयमै विद्यार्थीहरुको भीड भएपछि व्यवस्थानमा हम्मे हम्मे परेको थियो । ‘यसपटक विद्यार्थीहरुको निकै उत्साह पायौं, धेरै विद्यार्थीहरुले वान टु वान काउन्सिलिङबाट धेरै कुरा बुझ्न पाएको सुनाउँदा हाम्रो कार्यक्रमले सार्थकता पाएको महसुस भयो–एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले भने । उनले धेरै विद्यार्थी तथा अभिभावकलाई आफ्नो कौतुहलता मेटाउन फेष्ट सफल भएकोमा सबैमा धन्यवाद समेत ज्ञापन गरे ।
फेष्टमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरु सहभागि भएका थिए । फेष्टमा ब्रिटिस काउन्सीलले आइइएलटिएस गर्न चाहने विद्यार्थीहरुलाई तयारीका बारेमा प्रत्यक्ष रुपमा जानकारी प्रदान गरेको थियो । त्यसका साथै फेष्टमा बैंकिङ पार्टनरको रुपमा रहेको माछापुच्छ्रे बैंकले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई आवश्यक बैंकिङ परामर्श प्रदान गरेको थियो ।
फेष्टको समापनमा एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गर्दै बिदाई गरेका थिए । कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज क्वीन्सल्याण्डका डिरेक्टर अरुण पौडेल, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका ग्रुप जनरल म्यानेजर मंजित घिमिरेको विशेष उपस्थिति रहेको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस