शनिबार, साउन १२, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • भरतपुर भ्रमण वर्ष २०२४ लाई मध्यनजर गर्दै वन्यजन्तु उद्धार केन्द्र निर्माण हुने
देश/प्रदेश

भरतपुर भ्रमण वर्ष २०२४ लाई मध्यनजर गर्दै वन्यजन्तु उद्धार केन्द्र निर्माण हुने

चितवन । भरतपुर–६ देवनगरमा र  भरतपुर–२७ को राधाकृष्ण सामुदायिक वनमा उद्धार केन्द्र निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त पहलमा उद्धार केन्द्र निर्माण गरिने भएको हो ।
उद्धार गरी ल्याईने वन्यजन्तुलाई फलामे केजमा राखिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । घाईते वन्यजन्तु पुनः बासस्थानमा फर्काउन योग्य नभएसम्म केन्द्रमै राखिने छ । अहिले देवनगरमा उद्धार केन्द्र सञ्चालनमा रहेको छ ।

यही स्थानमा थप केज निर्माण गरी बाघ, हात्ती, गैंडा लगायतका जनवारलाई पर्यटकले सजह रुपमा हेर्न मिल्ने गरी प्रबन्ध मिलाईने सूचना अधिकारी तिवारीले बताउनुभयो । यस्तै भरतपुर–२७ को राधाकृष्ण सामुदायिक वनमा हरिण तथा मृग प्रजातिका वन्यजन्तु राख्ने गरी केज निर्माण गरिने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई मध्यनजर राख्दै यो उद्धार केन्द्रहरुमा वन्यजन्तुहरु अवलोकन गर्न सकिने छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस