आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • मनोनयन दर्ता गर्न गोरखा पुगेका प्रचण्डलाई भव्य स्वागत
समाचार

मनोनयन दर्ता गर्न गोरखा पुगेका प्रचण्डलाई भव्य स्वागत

प्रतिनिधि सभा निर्वाचनको लागि मनोनयन दर्ता गर्न गोरखा पुगेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई भव्य स्वागत गरिएको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार दर्ता गर्न उनी आज समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई लिएर गोरखा पुगेका हुन् ।

विज्ञापन

 

विज्ञापन

भट्टराई आफूले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन लागेका प्रचण्ड लाई लिएर उम्मेदवारी दर्ता गर्न आज गोरखा जान लागेका बिहानै बताएका थिए हुन् ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘गोरखा–२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो । उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो । ’

 

अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन् ।काठमाडौं– १० बाट दोहोर्‍याएर लड्दा उनी पराजित भएका थिए ।

 

२०६४ मा रोल्पा– २ र काठमाडौं– १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं– १० बाट हारेका थिए भने सिरहा– ५ बाट झिनो अन्तरले जितेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस