काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाउनुभएको छ ।
आज आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताउनुभएको हो । उहाँले महाअभियोग पारित गर्न दुई तिहाइ चाहिने र त्यसका निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताउनुभयो ।
विज्ञापन
प्रतिपक्षले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले उसले जिब्रो चपाएर कुरा गरेको सांसद गजुरेलकाे आराेप छ । उहाँले भन्नुभयो, ‘सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा आएर यसलाई छिटोभन्दा छिटो गराैँ भन्नेमा सहमति दिनुपछ । दुई तिहाइ नभइ त यो पारित हुँदैन । प्रतिपक्षले सहयोग नगरि पारित हुँदैन । तर आज प्रतिपक्ष जिब्रो चपाएर कुरा गरिराखेको छ । यहाँ सोझै बोल्न गाह्रो छ । प्रतिपक्ष जोगाउन चाहिराखेको छ । सोझै बोल्दा जनताको नजरमा आफ्नो पार्टीको छवि, व्यक्तिको छवि गिर्छ भन्ने प्रतिपक्षलाई छ ।
विज्ञापन
सांसद गजुरेलले महाअभियोगको विषयमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिन नसक्नु दुःखद भएको बताउनुभयो ।
फेसबुक प्रतिक्रियाहरु