काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा जनप्रतिनिधिको सुविधा कटौती गर्नुपर्ने प्रस्ताव आएको छ । महानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले जनप्रतिनिधिको भत्तासहितका सुविधा कटौती गर्न प्रस्ताव गरेका हुन् ।
मंगलबारको कार्यपालिका बैठकमा उनले भने, ‘अघि यहाँ जनप्रतिनिधिका सेवाका कुरा उठे । हामी जनप्रतिनिधि लोकसेवा दिएर आएका होइनौँ । जनताको मन बचन पुरा गर्न गर्न सेवा गर्न आएका हौँ । जनप्रतिनिधिमा भएको सुविधा पनि काट्दिनका लागि र नलिगिदिनका लागि म साथीहरुलाई अनुरोध गर्छु ।’ उनले यस्तो प्रस्ताव गर्दा जनप्रतिनिधिहरुले समर्थनमा टेबल ठोकेका थिए ।
‘जुन साथीहरुले ब्याचलर गर्नुहुन्छ, डिग्री गर्नुहुन्छ लोकसेवा दिएर जागिर खान भनेर आउनुभएको छ। हामीलाई दिने सुविधा उहाँहरुलाई दियो भने काममा निरन्तरता बढ्छ’, उनले थपे, ‘ती साथीहरुलाई दिनका लागि पनि म यो बोर्डलाई अनुरोध गर्दछु । हामी जनतालाई सेवा गर्न आएका हौँ ।’
विज्ञापन
जनप्रतिनिधिलाई दिने सुविधा कुनै विकासका काममा लगाउने हो भने राम्रो हुने पनि उनले बताए । जनप्रतिनिधिको भत्तामै महानगरको मासिक ५५ देखि ६० लाख रुपैयाँ खर्च हुने गरेको भन्दै उनले त्यो कटौती गर्दा वर्षको ६ करोड बचत हुने आँकडा निकाले । उनले महानगरले सुविधाका रुपमा दिएका गाडीदेखि मोबाइलसम्म फिर्ता लगेपनि फरक नपर्ने समेत बताए ।
विज्ञापन
उनले जनप्रतिनिधिका लागि बनाइएका कतिपय कानुनी प्रावधान व्यवहारिक नभएको भन्दै त्यसको संशोधन गर्न जरुरी रहेको पनि बताए ।
फेसबुक प्रतिक्रियाहरु