बिहिबार, कार्तिक १३, २०८२
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद छैन : आरजु राणा
समाचार

प्रधानमन्त्री देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद छैन : आरजु राणा

कास्की । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेकाे टिप्पणी गर्नुभएकाे छ ।

नेपाल तरुण दल कास्कीले आज साेमवार पोखरामा विपद् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवम् निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘पदमा पुगेपछि धेरै गर्छु भन्ने लागेको हुन्छ तर पूरा गर्न गाह्रो छ । प्रधानमन्त्री देउवालाई पनि उठेदेखि सुत्ने बेलासम्म फुर्सद नहुने गरेको मैले नजिकबाट देखेको छु ।’

विज्ञापन

प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको उहाँकाे दाबी छ । उहाँले प्रधानमन्त्री देउवा देशमा पाँच पटक प्रधानमन्त्री हुनुभएको तर जनचाहनाअनुसार काम गर्न गाह्रो भएको बताउनुभयाे ।

विज्ञापन

कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रीय सदस्य राणाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताउनुभयाे । स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरूको काम हेर्न बाँकी रहेको उहाँकाे भनाइ छ । जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई उहाँले सुझाव दिनुभयाे ।

राणाले पालिका चुनावमा काठमाण्डाैकाे मेयरमा बालेन्द्र शाहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरूको लहरै चलेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन्, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेका छन् ।’

पालिकामा बसेर काम गर्न झन् गाह्रो रहेको भन्दै उहाँले आफूलाई सुशासनबारे चिन्ता लागेको बताउनुभयाे । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पार्टीले दिएको निर्देशन आफूहरूले पालना गरेको बताउनुभयाे । कार्यक्रममा कास्कीबाट गएकाे वैशाख ३० गतकाे चुनावमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस