On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषयले भाँडभैलो
समाचार

एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषयले भाँडभैलो

नेकपा एकीकृत समाजवादीमा सरकारमा सहभागी हुने मन्त्री हेरफेरको विषयले पार्टीमा भाँडभैलो मच्चिएको छ । सत्ता गठबन्धनमा परामर्श नै नगरी अध्यक्ष माधवकुमार नेपालले पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्री बनाउने विषय बाहिर ल्याएपछि पार्टीमा नेताहरुले भाँडभैलो मच्चाएका हुन् ।

 

विज्ञापन

गत जेठ २३ गते एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री हेरफेरको निर्णय गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट पारित गर्नुपर्ने र सम्बन्धित मन्त्रालयका मन्त्रीले समेत जवाफ दिनुपर्ने भएकाले मन्त्री हेरफेर तत्कालका लागि रोकेका थिए । तर निर्णय भएको दुई हप्ता पुग्दा समेत केही नभएपछि मन्त्रीका दाबेदारहरु आक्रोशित भएका छन् । पार्टीले मन्त्री बनाउने निर्णय गरेपनि कार्यन्वयन नहुनु दुःखद भएको मन्त्रीका दाबेदार एक नेताले बताए ।

विज्ञापन

‘हामीलाई मन्त्री बनाउने भनेर पार्टीले निर्णय गर्यो । प्रधानमन्त्रीज्यूले रोक्नुभयो । भोलि भन्दै टारिएको छ’ ती नेताले भने, ‘कि पार्टीले मन्त्री बनाउने भनेर निर्णय गर्नु हुँदैनथियो । यदि पार्टीले निर्णय गरेपछि मन्त्री बनाउनुपरथ्र्यो । अब मन्त्री नभए चुनावमा के मुख लिएर जनतामा जाने हो ?’ अहिलेसम्म मन्त्री हुने वा नहुने टुंगो नलाग्नु राम्रो नभएको ती नेताले बताए । तर, मन्त्रीको दाबेदारको रुपमा अघि सारिएका शेरबहादुर कुँवरले कहिले मन्त्रीको सपथ हुन्छ भन्ने विषयमा टुंगो लागिनसकेको बताए ।

‘मन्त्री बनाउने भनेर पार्टीले निर्णय गर्यो । अहिलेसम्म सपथको लागि जानकारी आएको छैन ’ रातोपाटीसँग कुरा गर्दै कुँवरले भने, ‘खै कहिले मन्त्रीको सपथ खुवाउने थाहा छैन ।’ तर, मन्त्रीको सपथ भोलि हुन्छ भन्दै अर्का मन्त्रीका दाबेदार तथा सांसद मेटमणि चौधरी निरन्तर बोल्दै आएका छन् । कहिलेसम्म सपथ हुने हो वा होइन टुंगो लागि सकेको छैन ।

पार्टीले मन्त्री बनाउने भनेर निर्णय गरेका सांसद समेत पार्टी अध्यक्ष माधवकुमार नेपालसँग चिढिन थालेका छन् । पार्टीले गरेको निर्णय तत्काल कार्यन्वयन हुनुपर्ने भन्दै अध्यक्ष नेपालमाथि निरन्तर प्रेसर बढाएका छन् । कतिपय सांसदले मन्त्री नबनाए पार्टीबाटै विद्रोह गर्ने धम्की समेत दिन थालेका छन् ।

उता पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले मन्त्रीबाट हटाए जस्तोसुकै परिणाम भोग्न तयार हुन शीर्ष नेताहरुलाई धम्क्याउने गरेको ती नेताले बताए । बहालवाला मन्त्री र मन्त्रीका लागि सिफारिस गरेका सांसदले अध्यक्ष नेपाललाई निक्कै ठूलो प्रेसरमा राखेका छन् । पार्टीमा बहालवाला मन्त्री र मन्त्रीका दाबेदारले प्रेसर बढाएपछि अध्यक्ष नेपालले आइतबारको सर्वदलीय बैठकमा मन्त्रीको सपथ खुवाउन प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए । तर देउवाले विस्तारै गरौंला भन्दै सपथ टार्न खोजेको बैठकमा सहभागी एक नेताले बताए ।

‘माधवजीले प्रधानमन्त्रीज्यूलाई नयाँ मन्त्रीको भोलि नै सपथ गराउनुपर्यो भनेर आग्रह गर्नुभयो । प्रधानमन्त्रीज्यूले टाउको हल्लाएर विस्तारै गरौला भनेर टार्न खोज्नुभयो ’ ती नेताले भने, ‘अन्तमा बैठकमा सहभागी झलनाथजी झर्केर बैठकबाट निस्कनुभयो । माधवजीले भोलि नै सपथ गराउन आग्रह गर्नुभयो । भोलि नै सपथ हुन्छ हुँदैन भन्न सकिँदैन ।’

मन्त्री हेरफेरले एकीकृत समाजवादीमा भाँडभैलो मच्चिएपछि अध्यक्ष नेपालले चुनावी भागवण्डा गरेर मिति तोक्नुपर्ने बताउन थालेका छन् । चुनावी भागवण्डा भई चुनावी मिति तोकिएमा पार्टीबाट हुने तत्कालको विद्रोह रोक्न सकिने नेपालको विश्लेषण छ ।

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस