चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अमेरिकन रेडक्रस सोसाईटीले प्रदान गरेको अत्याधुनिक एम्बुलेन्सको उद्घाटन गर्नुभएको छ ।
शनिबार नेपाल रेडक्रस सोसाइटी दिव्यनगर उपशाखाको २५ औ साधारण सभाको अवसरमा सो एम्बुलेन्सको उद्घाटन गरिएको हो ।
एम्बुलेसनको उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले एम्बुलेन्स सञ्चालनका लागि प्रथामिकताको आधारमा महानगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मेयर दाहालले कोरोनाकालको समयमा नेपाल रेडक्रस सोसाईटीले गरेको कार्यको उच्च प्रशंसा गर्नुभयो । समाजिक कार्यमा सबै जनाले हातेमालो गरेर अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो ।
विज्ञापन
भरतपुर–२६ मा विपद्बाट हुने क्षतिलाई मध्यनगर राख्दै स्थायी तटबन्धनको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
मेयर दाहालले नारायणी तटबन्धनको कार्य यही २६ नम्बर वडाबाट सुरु भएको पनि उल्लेख गर्नुभयो ।
विज्ञापन
हाल अमेरिका बसोबास गर्दै आउनु भएका स्थानीय जनक चापागाईको पहलमा यो सुविधा सम्पन्न एम्बुलेन्स दिव्यनगर आइपुगेको हो ।
नेपाल रेडक्रस सोसाईटीको समवन्यमा अमेरिकन रेडक्रसले बी गे्रडको एम्बुलेन्स उपशाखालाई सहयोग गरेको जनाइएको छ ।
विभिन्न उपकरणसहितको एम्बुलेन्समा मिनी आईसियुको सेवा रहेको छ । उपशाखाले यस अघि पुरानो मोडलको एम्बुलेन्स सञ्चालन गरिरहेको छ । यो एम्बुलेन्स उपशाखाले प्राप्त गरेसँगै पश्चिम चितवनबासीलाई थप राहत मिल्ने अपेक्षा लिइएको छ ।
फेसबुक प्रतिक्रियाहरु