नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रभाव र प्रतिष्ठा खुइल्याउने काममा लाग्ने व्यक्ति पार्टीको नेता हुन नसक्ने बताएका छन् ।
आफ्नो आलोचना गरेका नेता घनश्याम भुसालप्रति कटाक्ष गर्दै ओलीले पार्टीप्रति निष्ठा नरहेको व्यक्ति पार्टी कार्यकर्ता नभएको टिप्पणी गरे ।
विज्ञापन
स्थानीय तहका नवनिर्वाचित पदाधिकारीलाई आयोजना गरिएको प्रशिक्षणको समापन कार्यक्रममा ओलीले पार्टीप्रति बफादार नरहने व्यक्ति कार्यकर्ता हुन नसक्ने बताएका हुन् । ‘हाम्रो जस्तो पार्टीप्रति निष्ठा रहँदैन, बफादार रहँदैन भने त्यो पार्टी कार्यकर्ता होइन । पार्टीलाई प्रभाव प्रतिष्ठा खुइल्याउने काम गर्ने त्यो पार्टीको नेता होइन,’ ओलीले भने ।
विज्ञापन
ओलीले सम्बोधन गरेको राष्ट्रिय सभागृहमा दुई दिनअघि भुसालले वामपन्थी एकताको सूत्र सार्वजनिक गर्दै ओलीको आलोचना गरेका थिए । ओलीले नेकपा एमाले पार्टी मात्र नभई देश बनाउने शक्ति भएको दाबी गरे । ‘पार्टी बनाउनको लागि मात्र होइन देश बनाउको लागि पार्टी बनाएको हो । अहिलेसम्ममा स्पष्ट भइसक्यो, नेकपा एमाले बाहेक अर्को कुनै शक्ति छैन, जसले यो अभिभारा पूरा गर्न सक्छ ।’
फेसबुक प्रतिक्रियाहरु