काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगको कारबाहीमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालमा कुनै भिन्नता नदेखेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘कम्युनिष्ट आन्दोलनः संकट र अबको बाटो कार्यक्रम’ लाई सम्बोधन गर्दै भुसालले विचारमा एकै भए पनि गालीगलौजमा उत्रिनुमा फरक देखेको भुसालले स्पष्ट पारे ।
विज्ञापन
विज्ञापन
उनले भने, ‘मैले माधव र प्रचण्डसँग धेरै पटक सोधेको छु, पछिल्लो पटक कमरेड ओलीसँग सोधेको छु । विचारमा यो प्रचण्ड र माधवजीको पार्टीसँग के चाहिँ भिन्नता हो एउटा भन्दिनुस् । सिद्धान्तमा के भिन्नता, संगठनात्मक के भिन्नता । भिन्नता छ त केवल गालीगलौज छ।’
नेता भुसालले अहिले पनि नेपालमा वाम जनमत बलियो रहेको र अहिलेका तीन वटा कम्युनिस्ट पार्टी मिलेर लडेको भए ५७५ सिट जित्ने दाबी पनि गरे । साथै उनले अझैँ पनि चुनावअघि नै वामपन्थी गठबन्धनको सम्भावना रहेको पनि । उनले भने, ‘चुनाव आइसक्यो असम्भव छ भन्दै छन् तर म भन्छु सम्भव छ ।’
फेसबुक प्रतिक्रियाहरु