सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • बुवा–आमालाई खुसी बनाउन पाउँदा सन्तालाई त्यो भन्दा आन्नद केही हुँदैन : मेयर रेनु दाहाल
समाचार

बुवा–आमालाई खुसी बनाउन पाउँदा सन्तालाई त्यो भन्दा आन्नद केही हुँदैन : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले बुवा–आमालाई खुसी बनाउन पाउँदा सन्तालाई त्यो भन्दा आन्नद केही नहुने बताउनु भएको छ ।

जेष्ठ नागरिकको खुसीका लागि महानगरपालिकाले गर्दै आईरहेको कार्यक्रमले निरन्तरता पाउने मेयर दाहालले बताउनुभयो ।

विज्ञापन

जेष्ठ नागरिक मिलन केन्द्र भरतपुर–१ को दोस्रो वार्षिक उत्सव तथा मेयर उपमेयरलाई बधाई कार्यक्रममा मेयर दाहालले सो कुरा बताउनु भएको हो ।

विज्ञापन

दायाँ–बाँया बोलेर हैन, शर्तभन्दा माथि उठेर जनतालाई सेवा दिनुपर्छ भन्ने उद्देश्यका साथ महानगर अगाडि बढेको दाबी पनि गर्नुभयो ।

‘तपाईहरुकै सन्तान म, अहिले महानगरको अभिभावकको भूमिकामा छु,उहाँले भन्नुभयो,‘तपाईहरुलाई कसरी खुसी बनाउनेतर्फ हाम्रो ध्यान छ । तपाईहरुलाई खुसी मिल्ने कार्यक्रम बढाउदै लैजाने छौ ।’

उहाँले जेष्ठ नागरिकको सजिलोसँग स्वास्थ्य उपचार गर्न महानगरले ‘एक वडा एक स्वास्थ्य कार्यालय’ को नीति लागू भएको उल्लेख गर्नुभयो । अब यो कार्यन्वनको चरणमा छ ।

धेरै जस्तो वडाहरुमा जेष्ठ नागरिक मिलनकेन्द्र निर्माण भइसकेको छ । मिलनकेन्द्र निर्माण गर्ने जग्गा उपलब्ध गराए महानगरले केन्द्र निर्माण गर्ने गर्ने छ–मेयर दाहालले भन्नुभयो ।

त्यस्तै टोल स्तरमा विषेशज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर ल्याएर सेवा प्रदान गर्ने गरी महानगर अगाडि बढेको पनि जानकारी दिनुभयो ।

‘यहाँ विषेशज्ञ चिकित्सक तथा जनशक्ति प्रयाप्त छ, यो हस्पिटल सिटी हो,‘उहाँले भन्नुभयो,‘यो कार्यक्रमले बुवा–आमाको मुहारमा खुसी थपिने छ । तपाईहरुलाई खुसी दिएरै छाड्छौ ।’

त्यस्तै मेयर दाहालले महानगर र वडा स्तरबाट जेष्ठ नागरिकलाई गरिने सम्मान कार्यक्रमले निरन्तरता पाउने उल्लेख गर्नुभयो ।

मेयर दाहालले महानगरले जेष्ठ नागरिकको अनुभवलाई नयाँ पुस्तामा स्थान्तरण गर्ने उद्देश्यले ल्याईएको पुस्तान्तरण कार्यक्रम छिट्टै कार्यन्वानमा आउने जानकारी दिनुभयो ।

यस्तै महानगरले जेष्ठ नागरिकको तीर्थयात्राको लागि वार्षिक रकम उपलब्ध गराउदै आएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस