काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन्।
बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन्।
विज्ञापन
‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई-तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ उनले भने।
विज्ञापन
काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरेको छ। ब्रुमरको सानो पाइपमात्रै बिग्रिए पनि थन्काएर राखेको भन्दै मर्मत गरी चलाउने थालिएको उनले बताए।
‘कर्मचारीतन्त्रको कुरामा हामीले विभिन्न कदमहरू चालिसकेका छौं। जस्तै: हरेक कर्मचारीको रूममा सिसिटिभी राखेका छौं। गाडीहरू मर्मतकै लागि पनि कर्मचारीले मर्मत गर्न नपाउने, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नै गर्छ,’ उनले भने,‘किनभने मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो।’
उनले थपे,‘ब्रुमर बिग्रियो भन्नुभयो। तर ब्रुमरको सानो एउटा पाइपमात्रै बिग्रिएको रहेछ। आजदेखि चलिसक्यो। रेडी भइसक्यो। रकेट साइन्स केही पनि थिएन।’
बुधबारदेखि काठमाडौंमा पाँच वटा ब्रुमरले सफा गर्न थालेको हो। भोलिदेखि थप चार वटा गरी नौ वटाले सफा गर्न थालिने उनले बताए।
मेयर बालेन भन्छन्- ९ वटा ब्रुमरले सडक सफा गर्दैछौं
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मर्मतपछि ब्रुमरहरू पुन: सञ्चालनमा ल्याइएको बताएका छन्।
सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर आजदेखि सडक सफा गर्न थालिएको उनले बताए।
आजदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थाल्ने उनले जानकारी दिए।
‘सानातिना मर्मत लगायतका काम पनि नभएर लगभग निस्कृय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ,’ उनले भने, ‘आजदेखि ५ वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन्।’
उनकाअनुसार बिहीबारदेखि थप ४ वटा ब्रुमर पनि सञ्चालनमा आउनेछ। कूल ९ वटा ब्रुमरले नियमित रूपमा सडक सफा गरिने मेयर शाहले बताए।
‘बर्खा भएकोले केहि असहजता पक्कै हुनेछन्। तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ,’ उनले भने।
निराशाका बीच आशाको किरण बनेर उदाएका बालेन !
काठमाडौं । राजनीतिमा निराशाका बीच आशाको किरण बनेर उदाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल बनाउन सिंगो बागमती सरकार हात धोएरै लागेको छ । वागमती प्रदेश सरकारले कुनै पनि हालतमा बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने बताएको हो ।
अहिले काठमाडौंको फोहोरको विषयलाई लिएर बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबिच ‘टसल’ को अवस्था देखिएको छ । हिजो बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि महानगरपालिका र प्रदेश सरकारबीच तनाव सुरु भएको हो ।
प्रदेश सरकारका अर्थमन्त्रीले काठमाडौंको फोहोर अरू पालिकामा फाल्न नपाउने बताएपछि असन्तुष्ट भएर मेयर साह कार्यक्रम नै छोडेर हिँडेका थिए । उनले अभिमुखीकरण कार्यक्रममा काठमाडौं महानगरलाई गाली मात्रै गरिएको आरोप लगाएका छन् ।
दुई दिने अभिमुखीकरण कार्यक्रम आज समापन भएको छ । उद्घाटनको दिन कार्यक्रम छोडेर हिँडेका काठमाडौंका मेयर र उपमेयर दोस्रो दिन सहभागी भएनन् । यो प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री सालिकराम जमकट्टेलले काठमाडौंको फोहोरको भार अरू पालिकाले बोक्न नसक्ने जिकिर गरेका छन् । काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलकै सामुन्ने जमकट्टेलले यस्तो बताएका हुन् । जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रममा अर्थमन्त्री जमकट्टेल भने काठमाडौं महानगरमाथि खनिए ।
उनले एउटा पालिकाले अर्को पालिकालाई हस्तक्षेप गर्न नमिल्ने भन्दै काठमाडौंका मेयरले बञ्चरेडाँडामा फोहोर फ्याँक्ने विषयमा गरेको समझदारीप्रति असन्तुष्टि जनाए । जमकट्टेलले भने, ‘काठमाडौंवासीले गरेको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने ? यस्तो अब कदापि सैह्य हुँदैन । काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान पाउँदैन ।’
यसैबीच, यो प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नै अर्थमन्त्रीको पक्षपोषण गरेर अभिव्यक्ती दिएका छन् । उनले बालेनलाई खुइल्याएका छन् । उनले मेयर साहको विषयमा टिप्पणी गर्दै राजनीतिक व्यक्ति नभएकाले आलोचना सहने क्षमता नदेखिएको बताए । पाण्डेले भने, ‘कसैले उहाँको विरोध गर्नै नपाउने, आलोचना गर्नै नपाउने भन्ने हुँदैन । त्यस्तो भयो भने त अर्को तानाशाही जन्मिहाल्छ नि । उहाँ त्यो बाटोमा जानु भएन । आलोचना सुन्न सक्ने क्षमता विकास गर्नुपर्छ ।’
अहिले देश नै बालेन्द्रमय भएको र उनको विषयमा केही बोल्नै नहुने माहोल बनाइएको भन्दै पाण्डेले चिन्ता व्यक्त गरे । ‘उहाँलाई जनताले निर्वाचित गरेर मेयर बनाएका हुन् । केशव स्थापित र सिर्जना सिंहभन्दा केही बढी भोट ल्याएर उहाँले जित्नुभएको हो । त्यसैले आफूलाई सर्वोपरि ठान्नु हुँदैन,’ उनले भने ।
मेयर साहले आफ्नो घरमै आएर फोहोर व्यवस्थापनका बारेमा छलफल गरेको पनि पाण्डेले सुनाए । पाण्डेका अनुसार साहले सेना परिचालन गरेर भए पनि काठमाडौंको फोहोर व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेका थिए । ‘त्यसमा मैले सहमति जनाइनँ,’ उनले भने, ‘जनतामाथि सेना प्रयोग गर्न मिल्दैन र तपाईँ यस्तो बाटोमा नलाग्नुस् भनेर सुझाव दिएको हुँ ।’
फेसबुक प्रतिक्रियाहरु