On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • अबदेखि त्रिभुवन विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नुपर्दैन : मन्त्री आले
Breaking News

अबदेखि त्रिभुवन विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नुपर्दैन : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नुनपर्ने बताएका छन् । काठमाडौं विमानस्थलमा कार्यरत निजी क्षेत्रका १५२ जना सरसफाइसम्बन्धी कामदार तथा कर्मचारीलाई दिइएको दुईहप्ते अन्तर्राष्ट्रिय स्तरको सफाइ प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै मन्त्री आलेले विमानस्थललाई सफाइको नमुना बनाउने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकहरू आउँदा फोहरका कारण अब नाक छोप्नुपर्ने अवस्था नहुने उनको भनाइ छ । “हामीले एअरपोर्टमा पर्यटक आउँदा फोहोरले नाक छोप्नुपर्ने अवस्थाको अन्त्य गरेका छौँ, विमानस्थल विमान सरसफाइ राख्ने जिम्मा सरसफाइकर्मीको हातमा छ । आफूले लिएको सरसफाइसम्बन्धी तालिमको भरपुर प्रयोग गर्नुस्, के सहयोग चाहिन्छ, म सहयोग गर्छु,” उनले भने ।

विज्ञापन

 

विज्ञापन

विमानस्थलमा सरसफाइसम्बन्धी टेन्डर गर्दा प्रत्येक वर्ष ठेकेदार फेरिने तर सरसफाइ कर्मचारी उही रहने भएकाले विमानस्थल सधैँ सफा राख्ने जिम्मा सफाइकर्मीकै हातमा भएकाले देशको प्रतिष्ठा राख्न विमानस्थल सधैँ सफा राख्नुपर्ने मन्त्री आलेले आग्रह गरे ।

विमानस्थलमा सरसफाइसम्बन्धी काम गर्ने कर्मचारीहरूलाई वार्षिक रूपमा पुरस्कृत गर्ने व्यवस्था मिलाउनसमेत मन्त्री आलेले विमानस्थल प्रमुखलाई निर्देशन दिए । मन्त्री आलेले सरसफाइको काममा कामदार मात्रै दोषी नहुने भन्दै कर्मचारी, सुपरभाइजरहरूले पनि कामको गुणस्तार हेर्नुपर्ने र त्यस्तै सेवा दिनुपर्ने बताए ।

यसैगरी मन्त्री आलेले आफूले दिएको निर्देशनबमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न विकासका कामहरू भएका र थुप्रै राम्रा कामहरू भएको दाबीसमेत गरे । विमानस्थलमा ब्यागेज बेल्टदेखि टर्मिनल भवनको शिलान्यास गरिनाका साथै पानीका फोहरा निर्माणका कामहरू पनि आफ्नै निर्देशनमा भएको मन्त्री आलेको भनाइ थियो ।

उक्त सरसफाइ प्रशिक्षणको पहिलो चरणमा आज ७० जनालाई प्रमाणपत्र दिइएको थियो । यस अभियानका १५२ जनामध्ये अर्को चरणको तालिम आगामी बिहीबारदेखि सुरु हुनेछ । सरसफाईसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षक खेम शर्माले सरसफाईसम्बन्धी प्रशिक्षण दिइरहेका छन् । यसअघि पनि पाँच वर्षअघि उनले आफ्नो नेतृत्वको खेम्स क्लिनिङ नामक सरसफाई सम्बन्धी कम्पनीमार्फत् स्वयंसेवी रूपमा यस विमानस्थलको सफाई गरी एक नमुना प्रस्तुत गरेका थिए ।

यस प्रशिक्षण एवं तालिमबाट विमानस्थल थप सफा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । रासस

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस