On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, जेष्ठ ५, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • बाम दलका नेताहरुबीच बढ्दो भेटघाट, संसदीय चुनावमा मिल्ने बिषयमा छलफल
समाचार

बाम दलका नेताहरुबीच बढ्दो भेटघाट, संसदीय चुनावमा मिल्ने बिषयमा छलफल

स्थानीय तह निर्वाचन परिणामको लेखाजोखापछि बाम दलहरु संसदीय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न एक भएर अघि बढ्ने कसरतमा लागेका छन्।

विशेषगरि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले गठबन्धनका संभावना र तालमेलहरु खोजिरहेका छन्। यी दुई दलका नेताहरुको भेटघाट पछिल्ला दिनहरुमा बढिरहेको छ।

विज्ञापन

आइतबार (हिजो) मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई भेटेका छन्।

विज्ञापन

दुई पार्टीका शीर्ष नेताहरुको भेटपछि सोमबार माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीबीच भेटवार्ता भएको छ। यो वार्ता प्रदिप ज्ञवालीको घरमा आज बिहान ८ देखि १० बजेको बीचमा भएको थियो।

स्रोतका अनुसार दिनहुँ जसो नेताहरुबीच भइरहेका यी भेटघाट र वार्ता आगामी संसदीय निर्वाचन लक्षित छन्। बाम एकता गरेर चुनावको परिणामलाई आफ्नो पक्षमा पार्न बाम दलहरुबीच एकता गरेर अघि बढ्ने कसरत भइरहेको छ। स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठूला कम्युनिस्ट पार्टी बाम गठबन्धनतर्फ उन्मुख भएका हुन्।

प्रचारबाजी नगरिकन नेताहरूले बाम गठबन्धनको बिषयमा भित्रभित्रै छलफल सुरु गरेका छन्। खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस)ले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए। अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै बाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ।

पछिल्लो समय प्रमुख विपक्षी एमालेले पाँचदलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको छ। संसदीय निर्वाचनअघि नै बाम गठबन्धनको प्रस्ताव अघि बढेमा एमाले सकारात्मक हुने सन्देश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसम्म पुगिसकेको छ।

यही जेठ ११ मा एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेसँगै बाम गठन्धनको प्रस्ताव पनि आएको हो। दुई नेताबीचको भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको थियो। पाँचदलीय गठबन्धनको बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसका नेता–कार्यकर्ताले अन्य घटकका उम्मेदवारलाई सोचेजति सहयोग नगरेको बिषयमा छलफल भएको थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस