On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • राजनीति
  • भेट्रान नेतालाई संसदको चुनाव कठिन
राजनीति

भेट्रान नेतालाई संसदको चुनाव कठिन

काठमाडौं । मंसिरभित्र हुने भनिएको संसदीय चुनावको तयारीमा लामो समय देशको राजनीतिमा हावी हुँदै आएका नेताहरुभन्दा नयाँ अनुहारहरु बढी सक्रिय देखिएका छन् । विशेषगरी युवाहरु धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यसपटकको संसदको चुनावमा युवा र नयाँ अनुहारमा मतदाताको चासो पनि बढेको छ । यसले भेट्रान नेताहरुलाई कडा मिहेनत गर्नुपर्ने देखिएको छ ।

विज्ञापन

अहिलेसम्म संसदको चुनाव नहारेकामा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । उनी डडेलधुराबाट २०४८ सालयता जित्दै आएका छन् । छ पटक चुनाव जितिसकेका नेतामा देउवा र काँग्रेसकै विजयकुमार गच्छेदार छन् । ८० को हाराहारीमा पुगेका देउवालाई चुनावमा मिहेनत गर्नुपर्ने सक्रिय हुन कठिन छ । अर्कोतर्फ, डडेलधुरामा उनलाई चुनौती दिने गरी युवा उम्मेदवारहरु तयारी अवस्थामा छन् ।

विज्ञापन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाबाट चुनाव लड्दै आएका छन् । उनी २०४८ सालयता चुनाव लडेका ओलीले २०६५ सालको संविधानसभा चुनावमा पराजय व्यहोरेका थिए । यसपटक पनि ओली झापाबाटै चुनाव लड्ने चर्चा छ । तर, झापाको दमकमै नेकपा एमालेका उम्मेदवार मेयरमा पराजित भएपछि ओलीलाई सजिलो छैन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेसम्म तीनवटा चुनाव लडेका छन् । २०६५ मा काठमाडौं र रोल्पाबाट सानदार जित निकालेका उनी २०७० मा भने काठमाडौंबाट पराजित भए । उनी सिराहाबाट पनि चुनाव लडेर मुस्किलले जितेका थिए । २०७४ मा चितवनबाट चुनाव जितेका प्रचण्ड यसपटक पनि त्यहींबाट चुनाव लड्ने तयारीमा छन् । चितवनमा प्रचण्डलाई सजिलो भने छैन । उनलाई स्थानीय उम्मेदवारहरुको चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौंलाई चुनावी क्षेत्र बनाउँदै आएका छन् । उनी विगतमा रौतहटबाट पनि विजयी भएका थिए । यसपटक पनि नेपालले रौतहटलाई चुनावी क्षेत्र बनाउने गरी तयारी गरेको देखिन्छ । रौतहटमा नेकपा एसले गौरसहित केही पालिका जितेको छ । यसले नेपाललाई उत्साही बनाएको छ । तर, स्थानीय युवा उम्मेदवारले नेपाललाई चुनौती दिने गरी तयारी थालिसकेका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावी क्षेत्र नै परिवर्तन गरेर सप्तरीबाट चुनाव जिते । विगतमा मोरङबाट चुनाव जितेका यादवले सुरक्षित क्षेत्र खोजिरहेको चर्चा छ । उनलाई पनि चुनाव सजिलो छैन ।

जसपाकै संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई गोरखाबाट चुनाव जित्दै आएका छन् । यसपटक पनि उनको तयारी गोरखामै देखिन्छ । तर, गोरखामा नयाँ पुस्ताका उम्मेदवारहरु तयार भएका छन् । ७० टेक्न लागेका भट्टराईलाई अबको चुनाव सजिलो भने छैन ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ८० कटिसकेका छन् । उमेरले पाका उनी विगतमा नेपाली काँग्रेसमा थिए । पछि मधेशवादी दलको नेतृत्व गरे । ठाकुर अमरेश सिंहसँग विगतमा पराजित भएपछि चुनावी क्षेत्र नै परिवर्तन गर्न पुगे । उनलाई पनि चुनाव चुनौती बन्ने देखिन्छ ।

काँग्रेसका पाका नेता रामचन्द्र पौडेल कुनैबेला तनहुँमा प्रतिष्पर्धीविहिन जस्तै हुन्थे । तर, २०७४ को संसदको चुनावमा पौडेल किसान श्रेष्ठसँग पराजित भए । यो उनको संसदीय राजनीतिमा पहिलो हार थियो । पौडेलका लागि यसपटक तनहुँको क्षेत्र पनि सजिलो छैन । उनी अर्को क्षेत्रबाट पनि चुनाव लड्ने चर्चा छ ।

काँग्रेस नेता डा. शेखर कोइराला २०७४ को चुनावमा मोरङबाट लालबाबु पण्डितसँग पराजित भएका थिए । उनी यसपटक पनि मोरङबाटै चुनाव लड्ने तयारीमा छन् । तर, शेखरका सामु पनि नयाँ पुस्ताका उम्मेदवार चुनौती बनेर आउन सक्ने देखिएको छ ।

काँग्रेस नेता प्रकाशमान सिंहले चुनाव जितेको काठमाडौं क्षेत्र नं १ मा युवा र नयाँ अनुहारले उम्मेदवारी घोषणा गरेका छन् । गएको निर्वाचन कठिनाईका साथ जितेका उनले यसपटक लोकप्रीय नामहरुसँग चुनावको सामना गर्नुपर्ने हुनसक्छ ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौला पनि २०७४ मा झापाबाट पराजित भएका हुन् । उनी गृहमन्त्री हुँदा नै पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए । झापामा एमाले र राप्रपाका उम्मेदवार सिटौलाका लागि चुनौती बन्न सक्छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई चुनाव जित्न सधै कठिन बन्दै आएको छ । अब झन् उनी राप्रपामा नभएकाले चुनाव सजिलो छैन ।
यसरी भेट्रान नेताहरुका लागि अबको चुनाव कठिन हुने देखिएको छ । कतिपयले प्रत्यक्ष चुनाव नलड्ने सोच समेत बनाएको बुझिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस