अभिनेत्री वर्षा सिवाकोटीलाई संसारको सबैभन्दा शक्तिशाली देश अमेरिका पानी पधेरो झैं हुन थालेको छ । उनले वर्षमा एक वा दुईपटकसम्म अमेरिका भ्रमण गरेकै हुन्छिन् । श्रीमान् पनि अमेरिका बस्ने नै रोजेकी उनी विवाहपछि पहिलो पटक अमेरिका पुगेकी छन् । यतिबेला उनले सामाजिक सञ्जालमा श्रीमान् र आफन्तसँग अमेरिका घुमघामका तस्विरहरु पोस्ट गरिरहेकी छन् ।
गत बैशाख ९ गते प्रेमी आशिष गेलालसँग वर्षाको लगनगाँठो कसिएको थियो । उनीहरुको विवाह अत्यन्त गुपचुप राखिएको थियो । विवाहपछि यो जोडी हनिमुन मनाउन पर्यटकीय नगरी पोखरा पुग्यो । त्यहाँ केही दिन विताएपछि वर्षाका श्रीमान् विवाहको ९/१० दिनमै अमेरिका प्रस्थान गरे । उता, वर्षा आफू अभिनीत फिल्म ‘लक्का जवान’को प्रचार र हलमा दर्शकसँग भेट्न व्यस्त रहिन् ।
विज्ञापन
विवाहपछि एक फ्यानले इन्स्टाग्राममा ‘अब अमेरिका बस्ने कि नेपाल’ भनेर सोधेको प्रश्नमा वर्षाले ‘श्रीमान् जहाँ म पनि त्यहीँ’ भन्ने जवाफ फर्काएकी थिइन् । यो जवाफले अब उनी श्रीमानसँग अमेरिकामै बस्ने सोच बनाएको आशंका धेरैले गरे । वर्षाले बिहेपछि फिल्म र म्यूजिक भिडियोको अफर नकार्दै श्रीमानको साथमा पुग्नुले अब उनी अमेरिकामा नै सेटल हुन थालेको चर्चा चलेको छ ।
विज्ञापन
‘लक्का जवान’ व्यावसायिक रुपमा असफल भएपछि निराश भएकी वर्षाको नयाँ फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शन हुँदैछ भने अर्को फिल्म ‘ए साथी सुन’ पनि प्रदर्शनको पखाईमा छ । अमेरिका उड्नुभन्दा अघि उनले यो फिल्मको डबिङ पूरा गरेकी थिइन् । अब उनी अभिनयलाई निरन्तरता दिन यूएसबाट नेपाल फर्किन्छिन् वा फर्किन्नन्, धेरैका लागि चासोको विषय बनेको छ ।
फेसबुक प्रतिक्रियाहरु