सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा रहेका निजी विद्यालयलाई भेदभाव गरिएको छैन : मेयर रेनु दाहाल
समाचार

भरतपुरमा रहेका निजी विद्यालयलाई भेदभाव गरिएको छैन : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा रहेका निजी विद्यालयलाई भेदभाव नगरिएको प्रष्ट पार्नु भएको छ । शुक्रबार निजी तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) भरतपुरले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख दाहालले सो कुरा बताउनु भएको हो ।
महानगर प्रमुख दाहालले विगतमा निजी विद्यालयहरुसँग सहकार्य गरेर शैक्षिक गुणस्तर वृद्धिमा लागेको उल्लेख गर्नुभयो । ‘महानगर सबै शक्षिक संस्थाको अभिभावक हो’उहाँले भन्नुभयो,‘सहकार्य र सल्लाह सुझाव लिएर अघि बढ्छौ । विगतमा पनि शिक्षा समितिमा निजी विद्यालयबाट प्रतिनिधित्व गराएका थियौ।’
मेयर दाहालले भेदभावको कुरा आएपनि त्यस्तो कुनै पनि भेदभाव नभएको जिकिर गर्नुभयो । छात्रवृतिका लागि केन्द्रीय नीति अनुसार निजीलाई दिन नमिल्ने उहाँको भनाई थियो ।
भरतपुर महानगरपालिका ९४ वटा निजी विद्यालय छन् । जसमा ६० हजार विद्यार्थीहरु अध्धययन गरिरहेका छन् भने ४ हजार शिक्षक कर्मचारी कार्यरत छन् । प्याबसनको तथ्याङ्क अनुसार नेपालका निजी विद्यालयले एसएलसीमा ८२ प्रतिशत र ग्रेडिङ परीक्षामा ८० प्रतिशत नतिजा ल्याउने गरेको छ । भरतपुरको शैक्षिक गुणास्तरमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको प्याबसन भरतपुरको दाबी छ ।
भरतपुर प्याबसनले भरतपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न निजी–सरकारी साझेदारी अवधारणा अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिएको छ । कार्यक्रममा भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर प्याबसनका अध्यक्ष लेखराज खनाल, प्याबसनका केन्द्रीय सदस्य मोहन लामा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस