सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • एमालेमा १० भाईलाई दशा लाग्यो, ओलीले कर्नरमा पुर्‍याए,योगेश भन्छन्– हामीलाई फरक तरिकाले हेरियो
समाचार

एमालेमा १० भाईलाई दशा लाग्यो, ओलीले कर्नरमा पुर्‍याए,योगेश भन्छन्– हामीलाई फरक तरिकाले हेरियो

काठमाडौँ । स्थानीय तहको मतपरिणामले थलिएको एमाले आगामी संसदीय निर्वाचनका बारेमा गृहकार्य चलाइरहेको छ । तर पार्टीभित्रको अन्तरद्वन्द्व कचिङगलकै अवस्था बनेको छ । घनश्याम भुसालसहितका १० भाईमाथि ओलीले लिएको नीति त झनै खतरनाक देखिन्छ । एमाले विभाजनताका नै १० बुँदेसहमतिका पक्षधर १० भाईको चर्चा निकै थियो । पहिले माधवकुमार नेपालको पक्षमा सक्रिय रहेका, ओलीसँग सकिँदैन भनेर फरक पार्टी बनाउन उक्साएका र अन्तिममा माधव नेपालको साथ छोड्दै ओलीतिरै हानिएपछि १० भाई चर्चा र आलोचनाको पात्र बनेका थिए ।

जेसुकै होस्, एमालेभित्रै विद्रोही भएर बस्ने उनीहरुको अडान आजका दिनसम्म यथावत् छ । त्यसमध्येका एक कट्टर विरोधी डा. भीम रावललाईएमाले अध्यक्ष ओलीले मंसिरमा सम्पन्न १० औं महाधिवेशनमै तह लगाएर कर्नरमा पु¥याएका छन् । तर स्थानीय तहको मतपरिणामले एमाले दोस्रो हुन बाध्यबनेपछि १० भाई पुनः ओलीको चेपुवामा पर्न थालेका छन् ।पार्टीले प्राप्त गरेको परिणामलाई लिएर १० भाइमध्येका नेताहरुले ओलीमा सुधार आवश्यकता औल्याएपछि एमालेमा भूकम्प गएको छ । र यसको पराकम्पले सबैभन्दा पहिला नेता घनश्याम भूसाललाई हल्लाएको छ ।

विज्ञापन

सावर्जनिक रुपमा ओलीको विरोध गरेको भन्दै पार्टीले कारबाही गर्ने तयारी गरेपछि १० भाइ मध्येका अन्य नेताहरुसमेत ओलीप्रति असन्तुष्ट देखिएका छन् । माधव नेपालले फरक पार्टी बनाएपछि पनि एमालेमा अध्यक्षले ओलीको निषेधको राजनीतिक रोकिएको छैन । ओलीविरुद्ध फरक मत राख्ने नेताहरुले समेत पार्टीमा हप्की खाइरहेका छन् । अहिले कारबाहीको डण्डा नै चलाउने तयारी चलेपछि विवाद पुनः सतहमा आएको हो । तर यसको सुरक्षित अवतरण हुने वा दुर्घटनातर्फ जाने ? पूर्वानुमान गर्न कठिन बन्दै गएको छ । तथापी नेताहरुको अभिव्यक्ति सुन्दा दुर्घटनाकै संकेत देखिएको छ ।

विज्ञापन

एमालेभित्रको विभाजित मानसिकताले स्थानीय तहको चुनावी धक्का संसदीय निर्वाचनसम्मै पुग्ने देखिएको छ । पाँच दलीय गठबन्धनलाई भत्काउन अनेक कसरत गरिए पनि सम्भव नदेखिएपछि एमाले यसै जोखिममा छ । यसै पनि नेताहरुले बिगारेको र कार्यकर्ताले थामेको पार्टी झनै १० भाईमाथि ओलीले लिएको नीतिले एमाले खण्डोमै पर्ने त होइन भन्ने चिन्ता बढेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस